Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

लुम्बिनी प्रदेश सरकारविरुद्ध १२८ मुद्दा

डेक्स

डेक्स

लुम्बिनी प्रदेश सरकारविरुद्ध १२८ मुद्दा
ADVERTISEMENT

नेपालगञ्ज । लुम्बिनी प्रदेश सरकारविरुद्ध हालसम्म १२८ वटा रिट निवेदन दर्ता भएका छन् । प्रदेश सरकार स्थापना भएदेखि लुम्बिनी प्रदेश सरकार र मातहतका निकायलाई विपक्षी बनाई ती मुद्दा दर्ता भएका हुन् । न्यायाधिवक्ताको कार्यालय बुटवलका अनुसार तीमध्ये ४८ वटा मुद्दा फर्छ्योट भइसकेका छन् भने ८० वटामा फैसला हुन बाँकी छ ।
लुम्बिनी प्रदेश सरकारविरुद्ध सबैभन्दा बढी मुद्दा सर्वोच्च अदालतमा छन् । सर्वोच्चमा लुम्बिनी सरकारविरुद्ध ७० वाट मुद्दा परेका छन् । तीमध्ये १० वटा मुद्दा फैसला भएको र ६० वटा विचाराधीन छ ।
यस्तै लुम्बिनी सरकारविरुद्ध उच्च अदालत पाटनमा एउटा, उच्च अदालत तुल्सीपुर, बुटवल इजलासमा ३५ वटा मुद्दा दर्ता भएका छन् । जसमा २१ वटा मुद्दाको फैसला भइसकेको छ भने १४ वटा मुद्दा विचाराधीन छन् ।
उच्च अदालत तुल्सीपुरमा ९ वटा मुद्दा परेकामध्ये ४ वटा फैसला भएको र ५ वटाको फैसला हुन बाँकी रहेको जनाइएको छ ।
यस्तै उच्च अदालत तुल्सीपुर नेपालगञ्ज इजलासमा प्रदेश सरकारविरुद्ध ९ वटा मुद्दा परेकोमा ८ वटा मुद्दाको फैसला भएको छ भने एउटा विचाराधीन छ ।
जिल्ला अदालत दाङ र कपिलवस्तुमा परेका एक–एक मुद्दाको फैसला हुन बाँकी छ । लुम्बिनी प्रदेश सरकार र मातहतमा निकायलाई विपक्षी बनाएर दर्ता भएका मुद्दामध्ये कर्मचारी नियुक्ति, वन, अस्पताल विकास समिति, नदीजन्य बस्तुको दोहन आदि विषयमा सम्बन्धित रहेको न्यायाधिवक्ता कार्यालय बुटवलका प्रमुख हरिहर पौडेलले बताए ।
यस्तै विद्यालय व्यवस्थापन समिति परिवर्तनदेखि गाउँपालिकाको केन्द्र परिवर्तनका विषयमा पनि प्रदेश सरकार तथा मातहतका निकायविरुद्ध मुद्दा परेको छ । लुम्बिनी प्रदेश अस्पतालको ठेक्का, अस्पताल विकास समितिको व्यवस्थापन समिति लगायतका विषयसँग सम्बन्धित मुद्दा पनि दर्ता भएका छन् ।
सर्वोच्च अदालतमा मुद्दाको चाप धेरै भएकाले कतिपय मुद्दा फर्छ्योटमा ढिलाइ भएको पौडेलले बताए । मुख्य न्यायाधिवक्ता खुमकान्त पौडेलले आफू भर्खरमात्र नियुक्त भएकाले प्रदेश सरकारविरुद्ध दर्ता भएका मुद्दाहरु अध्ययन गरिरहेको रातोपाटीलाई बताए ।
उनले भने, ‘म नियुक्त भएको एक महिना पनि पुगेको छैन । म आएपछि नयाँ मुद्दा दर्ता भएका छैनन्, पुराना मुद्दाहरु अगाडि बढाउने र अध्ययन गर्ने काम भइरहेको छ ।’
लुम्बिनी प्रदेशको राजधानी दाङ भए पनि अहिले मुख्य न्यायाधिवक्ताको सम्पर्क कार्यालय बुटवलमा छ । दाङमा अझै भौतिक पूर्वाधार नभएको र बुटवलमा पनि मुद्दाहरु धेरै हेर्नुपर्ने भएकाले दुईतिर कार्यालय बनाइएको छ । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…