Pairabi logo

जेठ २१, २०८३, बिहीबार                    

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

डेक्स

डेक्स

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा
ADVERTISEMENT

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्थानीय मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समीक्षा तथा आगामी कार्ययोजना तर्जुमा कार्यशाला राजापुर नगरपालिकामा सम्पन्न भएको छ । 

क्बलले संचालन गरेको सुरक्षा परियोजना अन्तर्गत आयोजना गरिएको सो कार्यशालाको अध्यक्षता राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढाले गर्नुभएको थियो ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय राजापुरका डीएसपी  होम प्रसाद चौधरी, स्थानीय मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिका पदाधिकारी एवं सदस्यहरू, शिक्षा, महिला तथा बालबालिका, स्वास्थ्य शाखाका प्रमुखहरू, राधा कृष्ण थारु जनसेवा केन्द्रका प्रतिनिधिहरू तथा अन्य सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो ।

कार्यशालाको मुख्य उद्देश्य मानव बेचबिखन, लागूऔषध दुव्र्यसन तथा बालविवाह न्यूनीकरणकालागि हालसम्म भएका प्रयासहरूको समीक्षा गर्दै आगामी वर्षका लागि समन्वयात्मक, समुदायमुखी तथा प्रभावकारी कार्ययोजना तयार गर्नु रहेको थियो ।

कार्यशालाको समापन समारोहमा बोल्दै प्रमुख प्रशासकीय अधिकृत बुढाले बालबालिका, महिला तथा जोखिममा रहेका समुदायका लागि सुरक्षित, समावेशी र संरक्षणमूलक वातावरण निर्माण गर्न सबै पक्षको साझा जिम्मेवारी, प्रभावकारी समन्वय तथा निरन्तर प्रतिबद्धता आवश्यक रहेको उल्लेख गर्नुभयो । 

साथै, कार्ययोजनालाई व्यवहारमा उतारेर समुदायमा सकारात्मक र दिगो परिवर्तन ल्याउन सबै सरोकारवालालाई सक्रिय भूमिका निर्वाह गर्न पनि उहाँले आग्रह गर्नुभयो । समितिले हालसम्म गरेका मुख्य उपलब्धि तथा बार्षिक प्रगति प्रतिबेदन महिला बालबालिका शाखा प्रमुख अनिता चौधरीले प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रमको सहजीकरण बाँके युनेस्को क्लबका परियोजना संयोजक ईश्वर बीकेले गर्नुभएको थियो । सहजीकरणमा फिल्ड सुपरभाइजर प्रमिसा थारुको सहयोग रहेको थियो ।

कार्यक्रमको अन्त्यमा सहभागीहरुले “साझेदारी, प्रतिबद्धता र सामूहिक प्रयास मार्फत मात्र हामी मानव बेचबिखन, लागूऔषध दुव्र्यसन र बालविवाहमुक्त सुरक्षित समाज निर्माण गर्न सक्छौं । आउनुहोस्, सबैका लागि सुरक्षित र उज्ज्वल भविष्य सुनिश्चित गर्न हातेमालो गरौं ।” भन्ने साझा प्रतिबद्धता व्यक्त गरेका थिए ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…