Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

एन टिभी समयअनुसार परिमार्जन हुनुपर्नेमा जाेड

डेक्स

डेक्स

एन टिभी समयअनुसार परिमार्जन हुनुपर्नेमा जाेड
ADVERTISEMENT

नेपालगन्ज, २ फागुन । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाल टेलिभिजन प्रसारण केन्द्रले समय अनुसार आफुलाई परिमार्जन गर्दै जानुपर्ने बताउनुभएको छ । नेपाल टेलिभिजन कोहलपुर प्रसारण केन्द्रको आज यहाँ निरीक्षण गर्दै मन्त्री शर्माले पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढेको दर्शकले रुचाउने किसिमका सामाग्री उत्पादन गरि समयसापेक्ष बनाउनुपर्नेमा जोड दिनुभयो । 

मन्त्री शर्माले नेपालको संविधानमा गरिएको व्यवस्थाबारे समुदायका लक्षित वर्गलाई जानकारी दिने जस्ता जनमुखी कार्यक्रम उत्पादन तथा प्रसारण गर्न आग्रह गर्नुभयो । उहाँले सरकारको रेडियो नेपाल र नेपाल टेलिभिजनलाई सयुक्त रुपमा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी गराउदै स्थानीय सरकारसंग सहकार्य गर्न निर्देशन दिनुभयो । 

त्यस अवसरमा नेपाल टेलिभिजनका अध्यक्ष समिरजंङ्ग शाहले संस्थानलाई आवश्यक जनशक्ति व्यवस्थापनका लागि नेतृत्व तह लागि रहेको भन्दै टेलिभिजनका कार्यक्रम लगायतमा परिमार्जन गरि नया ढंगले अघि बढने प्रतिबद्धता गर्नुभयो । नेपाल टेलिभिजन कोहलपुर प्रसार केन्द्रका प्रमुख विजयकुमार वर्माले केन्द्रको प्रगति तथा समस्याका बारेमा जानकारी गराउनुभएको थियो । 

कोहलपुर च्यानल प्रमुख विजयकुमार वर्माको सभापतित्वमा भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य पुर्णा सुवेदी, जिल्ला हुलाक कार्यालयको प्रमुख गोविन्द पाण्डे लगायत जिल्लामा क्रियाशिल सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

यसैबिच संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आजै कोहलपुरस्थित गोरखापत्र दैनिक पत्रिकाको प्रकाशन गृहको अनुगमन तथा निरिक्षण गर्नु भएको छ । सो क्रममा उहाँले गोरखापत्रको थप विकासमा लागि पर्ने बताउनुभयो ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…