Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

बाँकेमा घडियाल गोहीको संरक्षण हुँदै

डेक्स

डेक्स

बाँकेमा घडियाल गोहीको संरक्षण हुँदै
ADVERTISEMENT

नेपालगन्ज ।   बाँके राष्ट्रिय निकुञ्जले संकटमा रहेको घडियाल गोहीको संरक्षण गर्न थालेको छ । 
बाँके राष्ट्रिय निकुञ्जले राप्ती नदीमा गोहीसँगै जलचरको संख्या वृद्धि गर्न र प्राकृतिक जीवचक्रलाई खलबलिन नदिन  निकुञ्जको मध्यवर्ती क्षेत्र अन्तरगत पर्ने राप्ती नदीमा जलचरमध्ये संकटापन्न अवस्थामा रहेको घडियाल गोहीको संरक्षण गर्न थालेको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले जानकारी दिनुभयो । 
उक्त घडियाल गोहीको संरक्षण अभियान अन्तरगत पहिलो चरणमा राप्तीसोनारी गाउँपालिका वडा नम्बर–१ कुसुमस्थित बाँसखोली गाउँको नदी किनारमा १० घडियाल गोही छाडिएको छ । ती गोहीमध्ये दुई भाले र आठ पोथी रहेका छन । जलचर विज्ञहरूले तीन महिना लगाएर बाँकेको राप्ती नदीको स्थलगत अध्ययन गर्दा यहाँको पानीसँगै बगर क्षेत्र वातावरणीय दृष्टिले समेत घडियाल गोहीको उचित बासस्थान हुने सुझाव दिएका थिए । त्यसैका आधारमा बर्दिया र बाँके राष्ट्रिय निकुञ्जले गोही संरक्षणको प्रयास थालेको बताइएको छ ।  घडियाल गोही सुरुमा चितवनबाट बर्दिया ल्याइएको थियो । राप्ती नदीमा गोहीको संख्या घट्दै गएको पाइएपछि बर्दियाबाट ल्याएर बाँकेमा संरक्षण गर्न थालिएको निकुञ्जले जनाएको छ ।  राप्ती नदीको पानीमा प्रदूषण न्यून रहेको र स्वच्छ पानीमा बस्ने घडियाल प्रजातिको गोहीको मुख्य आहारा माछा हो । राप्ती नदीमा दुवै उपलब्ध रहेको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साह बताउँनुहुन्छ । उहाँले गोही संरक्षण गर्न थालेपछि माछा मार्ने क्रमलाईे नियन्त्रण गरिने उल्लेख गर्नुभयो ।     निकुञ्जका प्रमुख शाहले भन्नुभयो ‘संकटापन्न सूचीमा रहेका प्रजातिको संरक्षण गर्ने संकल्प गररेका छौ ।’ गोही दुई प्रजातीको हुने जानकारी दिदै उहाँले घडियाल गोही शान्त स्वभावको हुने उल्लेख गर्नुभयो । ‘मगर प्रजातीको गोही भन्दा यो एकदमै शान्त स्वभावको हुन्छ, यसले मान्छेलाई आक्रमण गर्दैन, यसको आहारा नै माछा हो, सफा पानीमा मात्र  बस्न रुचाउँछ,’ उहाँ भन्नुहुन्छ । संरक्षित सूचीमा  रहेको घडियाल गोहीको शिकार गरेमा वा मारेको ठहर भएमा रु.एक लाखदेखी ५ लाखसम्म जरिवाना वा एक वर्षदेखी १० वर्षसम्म कैद वा दुबै सजाय हुने ब्यवस्था रहेको उहाँले जानकारी दिनुभयो । नदीमा आश्रित हुने समुदायका लागि निकुञ्जले बल्छी प्रयोग गरेर माछा मार्न पाउने लाइसेन्स दिएको छ । बल्छीबाहेक जाल प्रयोग गरेर माछा मार्न प्रतिबन्ध लगाइएको छ । जाल प्रयोग गर्दा घडियाल गोहीको चुच्चो अर्थात् मुख जालमा अल्झेर भाँच्चिन सक्ने र संरक्षणमा बाधा पुग्ने भएकाले रोक लगाइएको निकुञ्जले जनाएकोछ ।  बर्दियाको कर्णाली र बबई नदीसहित नेपालमा करिब २ सय ५० वटा घडियाल गोही संरक्षण गरिएको बताइएको छ  । बर्दिया राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा करिव ८ वर्षसम्म हुर्काइएका वयस्क घडियाल गोही बाँके ल्याइएको थियो । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…