Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

कोहलपुरमा ऐलानी जग्गाको नापजाँच सुरु

डेक्स

डेक्स

कोहलपुरमा ऐलानी जग्गाको नापजाँच सुरु
ADVERTISEMENT

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकाले ऐलानी जग्गाको नापजाँच सुरु भएको छ ।  भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीका जग्गालाई  प्राथमिकतामा  राखेर काम भइरहेको कोहलपुर नगरपालिकाले जनाएको छ ।  
कोहलपुर नगरपालिकाको वडा नम्बर–१२, १० लगायत वडामा अव्यवस्थितमा फारम भरेका र बाँकी खाली रहेको ऐलानी जमिन समेत नापजाँच गरिने वडा अध्यक्ष वीरेन्द्र बहादुर शाहले जानकारी बताउनुभयो ।  वडा नम्बर–१२ मा भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थितको १ हजार ६८० कित्ता जग्गा रहेको शाहले उल्लेख गर्नुभयो । 
यसअघि लुटबहादुर रावत नगरप्रमुख हुँदा वडा नम्बर–१ मा मात्रै ऐलानी जग्गा नापजाँच पूरा भएको थियो । वडा नम्बर–१ मा एक हजार ५६६ कित्ता नापजाँच भएको थियो । यस्तै वडा नम्बर–२ मा मुक्तिनगर, शक्तिनगर र बिकास नगरको १ हजार ७३० कित्ता नापजाँच भएको थियो । 
वडा नम्बर–२ मा मात्रै अहिले एक हजार ८४९ कित्ता जग्गा नापजाँच सम्पन्न भइसकेको छ । वडा नम्बर–२ मा ऐलानी जग्गा नापजाँचको काम आज पूरा भएको छ । ‘हामी निर्वाचित भएर आएपछि भूमिहीन, दलित र सुकुम्बासीलाई जग्गाको स्वामित्व दिने गरि ऐलानी जग्गा नापजाँच कार्यलाई तीब्र पार्ने योजनामा थियौं’ नगरप्रमुख पूर्ण प्रसाद आचार्यले भन्नुभयो । अबको केही  महिनामा नापजाँचको काम सक्ने गरि आफुहरु लागेको नगर प्रमुख आचार्यले बताउनुभयो । कोहलपुर नगरपालिका भूमि सहजीकरण समितिका संयोजक वडा नम्बर–१२ का वडा अध्यक्ष शाहले ऐलानी जग्गा नापजाँचमा २१ जनाको अमिन टोलि खटिएको जानकारी दिनुभयो । उहाँका अनुसार कोहलपुर नगरपालिकाबाट ९ जना, भूमि आयोगबाट ६ जना र जिल्ला नापी कार्यालयबाट टोलि प्रमुखसहित ६ जना गरी २१ जना अमिनको टोलि खटिएको छ । ‘जमिन भएका, तर वर्षौँदेखि लालपुर्जाविहीन अव्यवस्थित बसोबासीलाई जमिनको मालिक बनाउँछौँ ।  उहाँले भन्नुभयो । कोहलपुर नगरपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासी करिब १७ हजार रहेका छन । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…