Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

बाँकेको दादुरा प्रभावित क्षेत्रमा स्वास्थ्य मन्त्री गिरी

डेक्स

डेक्स

बाँकेको दादुरा प्रभावित क्षेत्रमा स्वास्थ्य मन्त्री गिरी
ADVERTISEMENT

नेपालगञ्ज, ७ माघ । बाँकेमा देखिएको दादुरा महामारीको अवस्थाबारे जानकारी लिन स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले यहाँ स्थलगत अनुगमन गर्नुभएको छ । 
नेपालगञ्ज उपमहानगरपालिका वडा नं ५ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा पुगेर दादुराका बिरामीको वास्तविक अवस्था बुझ्दै दादुरा नियन्त्रणका लागि सरकारले गर्नुपर्ने काममा कुनै कसर बाँकी नराख्ने बताउनुभयो । 
उहाँले स्थानीयलाई खोप लगाउने विषयमा गम्भिर हुन सुझाव दिदै दादुरा नियन्त्रणका लागि सरकारले खोप अभियान तिव्र बनाएको उल्लेख गर्नुभयो । 
मन्त्री गिरीले खोपलाई प्रभावकारी बनाउन स्थानीय जनप्रतिनिधिहरुको भूमिका महत्त्वपूर्ण रहेकाले अन्य कामलाई छोडेर अहिले दादुरा नियन्त्रणमा सक्रिय हुन आग्रह गर्नुभयो । 
स्वास्थ्यमन्त्रीसँगै सांसदहरु सुर्य ढकाल, धवलशम्शेर राण, दीपा शर्मा, स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोख्रेल,  महानिर्देशक  डा दिपेन्द्र रमण सिंह, नीति योजना महाशाखा प्रमुख डा कृष्ण पौडेल, प्रदेश स्वास्थ्य निर्देशक डा विनोद गिरी, डेपुटी डाइरेक्टर डा रोशनलाल चौधरी, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेललगायत सहभागी हुनुहुन्छ । 
बाँकेका पाँच स्थानीय तहमा २६० दादुराबाट प्रभावित भएका छन । यसमध्ये सबैभन्दा वढी नेपालगञ्ज उपमहानगरपालिकामा २०३ जना रहेका छन । प्रभावित भएकामध्ये १९६ निको भएको ६३ जना उपचार गराइरहेको र एकको मृत्यु भएको  जिल्ला स्वास्थ्य कार्यालय, बाँकेले जनाएको छ । 
जिल्लामा अहिलेसम्म ६८ हजार २२१ जनाले खोप लगाएका छन । अझैपनि ४८ हजार ८२२ जनालाई खोप लगाउन बाँकी रहेको बताइएको छ । 
मन्त्री गिरीले नेपालगञ्जस्थित भेरी अस्पतालको समेत निरिक्षण गर्नुभएको छ । उहाँले अस्पतालमा रहेका बिरामीसँग कुराकानी गर्नुका साथै विभिन्न वार्डको समेत अनुगमन गर्नुभएको छ । मन्त्री गिरीले अस्पतालको फोहोर व्यवस्थापनको विषयमा समेत जानकारी लिनुभएको छ । अस्पतालकाबारेमा मेडिकल सुपरिटेण्डेण्ट डा. बद्री चापागाईले जानकारी गराउनुभएको थियो । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…