Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

खजुरामा खरको छानामुक्त कार्य शुरु

डेक्स

डेक्स

खजुरामा खरको छानामुक्त कार्य शुरु
ADVERTISEMENT

खजुरा, २८ मङ्सिर । बाँके खजुरा गाउँपालिकाले खरको छाना विस्थापित गर्ने कार्य शुरु गरेको छ । खरको छाना बनाएर बसोबास गरिरहेका विपन्न परिवारहरूका खरका छाना विस्थापित गरिने भएको छ । नेपाल सरकारबाट विशेष अनुदानअन्तर्गत यो कार्यक्रम गर्न लागिएको गाउँपालिकाले जनाएको छ । 

यसभन्दा अघि यहाँका दुई सय ३७ विपन्न परिवारका छाना फेरिएको छ । संघीय सरकारको सहयोगबाट एक सय ८७ र पालिका आफ्नै सहयोगबाट ५० जना विपन्न परिवारका खरको छाना विस्थापित गरिएको गाउँपालिकाका सूचना अधिकारी दिलबहादुर पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार यस आर्थिक वर्षमा यहाँका करिब एक सय ६० वटा घर खरको छानामुक्त गरिने छ । उहाँले भन्नुभयो, “पहिलो चरणमा खरको छाना हटाउने कार्यक्रम छ, र दोस्रो चरणमा खपडा, टायल पनि विस्थापित गर्छौं अहिले खरलाई पहिलो प्राथमिकतामा राखिएको छ ।” 

खरको छाना विस्थापित गर्न एउटा परिवारले रु ५० हजारसम्म सहयोग पाउने गाउँपालिका अध्यक्ष डम्बर विकले बताउनुभयो । उहाँका अनुसार टिन (जस्तापाता) खरिदका लागि मात्र पैसा दिने हो र अन्य ज्यामी खर्च स्वयम् परिवारले नै दिनुपर्नेछ । अति विपन्न परिवारलाई पनि जस्तापाताको छानामा राख्न खोजेका हौं,’ उहाँले भन्नुभयो,  “खरको छाना हुँदा चैत वैशाखमा आगलागीका घटना धेरै हुन्छन्, खरका छाना विस्थापित गरियो भने त्यस्ता घटनामा कमी आउनलाई यो अभियान शुरु गरेका हौ, ।” हरेक वर्ष घर छाउने कारणले किसानले खरको जोहो गर्नुपर्ने, खरबारीमा आगो लाग्दा घर पनि जोखिम हुने गरेको उहाँले बताउनुभयो । 

गरिबीले गर्दा खरको छानासमेत फेर्न नसकेका विपन्न परिवारहरू खुसी भएका छन् । खरको छानामुक्त हुने भएपछि छाना फेरिरहनु पर्ने बाध्यता अन्त्य हुने यहाँका विपन्न परिवारहरू बताएका छन् । गाउँपालिकाले अहिले पालिकाभरि रहेका खरको छाना भएकाहरुको तथ्याक संकलन पनि गरिरहेको छ  तथ्याकका आधारमा सबै खरछाना मुक्त गरिने योजना रहेको अध्यक्ष विकले बताउनुभयो । 
–––
 
ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…