Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

विस्थापित कार्यालयको पुर्नस्थापनाको पहल

डेक्स

डेक्स

विस्थापित कार्यालयको पुर्नस्थापनाको पहल
ADVERTISEMENT

नेपालगन्ज, २६ मङ्सिर । बाँके नरैनापुर गाउँपालिकामा इलाका प्रशासन कार्यालय, मालपोत र नापी कार्यालय स्थापनाका लागि गाँउपालिकाले पहल शुरु गरेको छ । नरैनापुर गाँउपालिकाको कार्यपालिकाको बैठकले इलाका प्रशासन कार्यालय, मालपोत र नापी कार्यालय स्थापनाका लागि आवश्यक व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालय बाँकेसमक्ष अनुरोध गर्ने निर्णय भएको प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले बताउनुभयो ।  
हाल सेवा प्रवाहमा सहज पहुँच नभएकाले संघीयताको मर्म र भावना अनुसार एकीकृत तथा विकेन्द्रीकृत सेवा प्रवाह गर्ने राज्यको नीति अनुसार गाँउपालिका क्षेत्रभित्र रहने गरी इलाका प्रशासन, मालपोत र नापी कार्यालय स्थापनाका लागि कार्यपालिकाबाटै निर्णय गरिएको गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले बताउनुभयो । उहाँले भन्नुभयो, ‘नरैनापुर गाँउपालिकाबाट जिल्ला प्रशासन कार्यालय पुगेर सेवा लिन असहज छ,’ ‘नागरिकलाई गाउँ–गाउँबाट सेवा दिने संघीयताको मर्म र भावना अनुसार स्थानीयस्तरमै सेवाको आवश्यकता छ । उहाँले भन्नुभयो, “इलाका प्रशासन, मालपोत र नापी कार्यालयका लागि चाहिने अन्य पुर्वाधार भवनको व्यवस्था गाँउपालिकाले गर्नेछ ।’ 
‘नागरिकता, राहदानी र अन्य सिफारिस बनाउन सदरमुकाम जानुपर्ने बाध्यताको अझै अन्त्य भएन,’ उहाँले भन्नुभयो, ‘गाँउगाँउमा सिंहदरबार नाममा मात्र सिमित बन्यो ।’
प्रशासनिक सेवाको सहजताका लागि इलाका प्रशासन, मालपोत र नापी कार्यालय जरुरी रहेको नरैनापुर–५ का अध्यक्ष कृष्ण चन्द्र मार्यले बताउनुभयो । वडा नं. १ का अध्यक्ष इसाक जोलहाले कार्यालय स्थापना भए सदरमुकामदेखि ५५ किमीको दूरीमा रहेको सुईया र आसपासका सर्वसाधारण लाभान्वित हुनेछन् । 
सशस्त्र द्धन्द्धका बेला विस्थपित इलाका प्रशासन कार्यालय विचमा केहीसमयका लागि स्थापना भएपनि पछि पुनः सदरमुकाममै विस्थापित भएको थियो । नागरिकताका लागि अझैपनि त्यहाँका नागरिकहरुले दुईदिनसम्म नेपालगन्ज बस्नुपर्ने बाध्यता रहेको छ । स्थानीय तहको स्थापनासंगै अहिले सडक, विजुली लगायतको व्यवस्था भईसक्दा समेत यी कार्यालयहरु स्थापना नहुनुमा स्थानीयले दुःख व्यक्त गरेका छन । 
 
ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…