Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

नेपालगञ्जको घना बस्ती भुकम्पको उच्च जोखिममा

डेक्स

डेक्स

नेपालगञ्जको घना बस्ती भुकम्पको उच्च जोखिममा
ADVERTISEMENT

नेपालगञ्ज, २३ मङ्सिर । बाँकेको नेपालगञ्ज बजारको घना बस्तीमा भूकम्पको उच्च जोखिम भएको पूर्वानुमान गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं ३ र ७ मा निर्माण भएका परम्परागत र पुराना घरका कारण ७ रेक्टर स्केल माथिको भुकम्प गए त्यसले ठूलो जनधनको क्षति व्यहोनुपर्ने अध्ययनले देखाएको छ । 
उपमहानगरपालिकामा रहेका घरहरुको बनोटले ७ रेक्टर स्केल वा सो भन्दा माथीको भुकम्प गएमा यहाँका करिव दुई हजार भन्दा बढी घर बस्न नमिल्ने गरि भत्किन सक्ने संभावना रहेको शहरी विपद तथा भुकम्पीय पूर्व तयारी परियोजना (सुपर प्रोजेक्ट) का गेहेन्द्र बलमे जानकारी दिनुभयो । सो भुकम्पका कारण ७० देखि ८० प्रतिशत घर बस्न नमिल्ने अवस्थामा रहने उल्लेख गर्दै उहाँले त्यसका लागि दिगो प्रतिकार्यको योजना आवश्यक भएको बताउनुभयो । ती वडा बाहेक वडा नं १, २ र ४ समेत प्रभावित हुने अनुमान गरिएको छ । यसका लागि खाद्य सुरक्षा, स्वास्थ्य, पोषण, खानेपानी, शिक्षा, पुनः स्थापना र पुनः निर्माण लगायत विषयगत क्षेत्रलाई चनाखो हुन  आग्रह गरिएको छ । 
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद रिजालले विपद जोखिम व्यवस्थापन र न्युनिकरणको विषयमा स्थानीय सरकारको प्राथमिकताको विषय भएको उल्लेख गर्दै विपद जोखिम न्यूनिकरण उपायको अध्ययन र अनुसन्धान आवश्यक भएको बताउनुभयो । 
नेपाल रेडक्रस बाँकेका सभापति गोवद्र्धनसिंह सम्झनाले दिगो समस्या समाधानका लागि उपायको खोजी गर्न आग्रह गर्नुभयो । 
भुकम्प लगायत विपदका विषयमा सो परियोजनाले केही महिनादेखि समुदायस्तरमा अध्धयन र अनुसन्धान गर्दै आएको परियोजनाका अधिकृत शिव प्रसाद सुवेदीले जानकारी दिनुभयो । उहाँले विपद प्रतिकार्य योजना तयार हुन लागेको उल्लेख गर्दै त्यसका लागि समुदायस्तरमा चार सय स्वंयसेवक तयारी अवस्थामा रहेको समेत बताउनुभयो । 
आपतकालिन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत भुकम्प लगायत विपदको प्रतिकार्य योजनाले मात्रै विपदलाई न्युनिकरण गर्न सहज हुने बताउनुभयो । 
यस क्षेत्रमा वाढी तथा डुबानले विगतका वर्षहरुमा निकै क्षति गरेको छ । वि.स २०७१ तथा २०७४ सालमा जस्तै बाढी आएमा करिव पाँच हजार घर बाहेक करिव दुई हजार पाँच सय जनसंख्या प्रत्यक्ष रुपमा प्रभावित हुने परियोजनाले जनाएको छ ।  विपदबाट सबैभन्दा वढी, महिला, बालवालिका, जेष्ठ नागरिक अशक्त, सामाजिक विभेदका परेका पीडित हुने बताइएको छ । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…