Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

बाढी र डुवानले ४ हजार परिवार विस्थापित, दर्जनौ भर भत्कियो

डेक्स

डेक्स

बाढी र डुवानले ४ हजार परिवार विस्थापित, दर्जनौ भर भत्कियो
ADVERTISEMENT

नेपालगन्ज २२ असोज । अविरल वर्षाका कारण राप्ती नदी र खोला नालामा आएको बाढी र डुबानले बाँके जिल्लामा ४ हजार जना परिवार विस्थापित भएका छन् । बाढी र डुबानबाट जिल्लाका विभिन्न स्थानमा करिब ५० वटा कच्ची घर पुर्ण रुपमा भत्किएको बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म जिल्लामा कुनैपनि मानविय क्षति नभएको र अधिकांस स्थान बाढीले क्षति पुरयाएको छ । 

जिल्लाको डुडुवा गाउँपालिका वार्ड नं. १ चौफेरी, कृषि चौफेरी र पाझा गाउँमा तीन सय जना, राप्तीसोनारी गाउँपालिका वार्ड नं. २ स्थित टिकुलीपुर गाउँका करिब ३ हजार जना र नेपालगन्ज उपमहानगरपालिका वार्ड २० मा तीन सय जना, खजुरा गाउपालिकामा एक सय जना, नरैनापुर गाउँपालिकामा चार सय जना परिवार विस्थापित भएको जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताउनुभयो । 

उहाँका अनुसार बाढी र डुबानबाट जिल्लाका विभिन्न स्थानबाट विस्थापित भएकाहरु सबै सुरक्षित रुपमा आश्रयस्थलमा बसिरहेका छन । राप्ती नदी पुल पारी वगर क्षेत्रमा फसेका तीन जनालाई प्रहरीको उद्धार टोलीले आज विहान उद्धार गरेको छ । 
हिजो शुक्रबारदेखि विस्थापित भएकाहरुले खाना समेत नपाएको अवस्थामा स्थानीय तह वडा कार्यालयले ड्राइफुट तयारी खाजाको व्यवस्थाका लागि तयारी शुरु गरिएको प्रजिअ खत्रीले बताउनुभयो । प्रजिअ खत्रीका अनुसार विस्थापितहरुलाई उद्धार, व्यवस्थापन, तत्काल राहत लगायतका विषयमा छलफल गर्न १२ः३० बजे जिल्ला विपत व्यवस्थापन समितिको बैठक बस्दैछ /

बाढीले नदी तटीय क्षेत्रमा व्यापक कटान गरेको प्रहरीले जनाएको छ । सुरक्षाकर्मीहरूले बाढीको चपेटामा परेकाहरुलाई सुरक्षित उद्धार गरी सुरक्षित स्थानमा राखेको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक श्यामकृष्ण अधिकारीले बताउनुभयो । रातीदेखि वर्षा राकिएकोले राप्ती नदीको पानी विस्तारै घट्न थालेको छ । 

जिल्लाका धेरैजसो बस्ती जलमग्न भएका छन् । डुबान क्षेत्रमा घरभित्र पानी जमेकाले बस्न र खाना पकाउन नसक्ने अवस्था रहेको गाउँपालिका जनप्रतिनिधीहरु बताउछन । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…