Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

भारी वर्षाले राप्ती नदीको सतह उच्च, नागरिकलाई आश्रयस्थलतर्फ जान अनुरोध

सम्वाददाता

सम्वाददाता

भारी वर्षाले राप्ती नदीको सतह उच्च, नागरिकलाई आश्रयस्थलतर्फ जान अनुरोध
ADVERTISEMENT

नेपालगन्ज २१ असोज । तीनदिनको झरीसंगै आज विहानदेखि परेको भिषण वर्षाले राप्ती नदीको सतह हवात्तै बढेपछि तटिय क्षेत्रका नागरिकहरु त्रासित भएका छन । वर्षाका कारण राप्ती नदीमा खतराको तह पार भई आकस्मिक साइरन बजेको छ । भने स्थानीय प्रशासनले बाढी आउने निश्चित भइसकेकाले अग्लो तथा आश्रयस्थलमा जान आग्रह गरेको छ ।  

वर्षाले बाँकेको कुसुमस्थित राप्ती नदीमा पानीको सतह ८ मिटर पार गरेको छ । राप्ती नदीमा पानीको सतह पाँच मिटर ४० सेन्टिमिटर पुगेपछि खतरा मानिन्छ । आज शुक्रबार बिहान विस्तारै घटेपनि भारी वर्षा भएपछि दिउसोदखि कुसुममा नदीको सतह अहिले ८ मिटर पुगेको बाँकेस्थित जलमापन केन्द्रले जनाएको छ । यो सबै भन्दा बढी हो नदीको सतह ८ मिटर पुग्ने वित्तिकै बाढीको उच्च खतरा मानिन्छ ।

नदीको बहाब उच्च रुपमा बढेपछि जिल्ला विपद व्यवस्थापन समिति बाँकेले शुक्रबार एक सूचना निकालेर नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले सूचना जारी गर्दै राप्ती नदी तल्लो तटिय क्षेत्रमा बसोबास गर्ने सम्पुर्ण नागरिकहरुलाई उच्च सर्तकता अपनाउन अनुरोध गर्नुभयो । प्रजिअ खत्रीले नदी किनारको तल्लो तटिय क्षेत्रमा नदि किनारमा जाने, दाउरा छोप्ने, नुहाउने, माछा मार्ने जस्ता कार्य नगर्न सबैमा आग्रह गर्नुभयो । साथै होचो तथा डुबान हुने, बाढीको उच्च जोखिम पहिचान भएका समुदायहरु सुरक्षित स्थान पहिचान भएको आश्रयस्थलमा जान समेत उहाँले आग्रह गर्नुभयो  । 

 राप्ती नदीको माथिल्लो तटिय तथा तल्लो तटिय क्षेत्रमा समेत भारी वर्षा भईरहेकाले पश्चिम राप्तीमा पानीको सतह थप बढने पुर्वानमान रहेकाले आसपासका नागरिकहरुलाई उच्च सर्तकताका लागि सूचना प्रवाह गरिएका जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताउनुभयो । राप्ती नदीको बाढीले नदी आसपासको क्षेत्र डुडुवा, नरैनापुर र राप्तीसोनारी गाउँपालिकाका अधिकास गाउँहरु डुबानमा पर्ने गर्दछन । 

 बाढी र डुबान शुरु भएछि त्यस आसपास क्षेत्रका सर्वसाधारणहरु त्रसित बनेका छन । 
भारी वर्षाले नेपालगन्ज नगरका अधिकास स्थानहरु जलमग्न भएका छन । नेपालगन्जको न्युरोड, एमपी स्कुलरोड, फुल्टेक्रा, सेतु विक चोक, धम्बोझी बेलासपुर, कोरियनपुर, कारकादो, रानीतलाउ लगायतका स्थान तथा सडकहरु जलमग्न भएपछि सर्वसाधारणलाई आवत जावतमा समस्या भएको छ । 

वर्षाले नरैनापुर, खजुरा, कोहलपुर, जानकी, बैजनाथ गाउँपालिकाका अधिकास स्थान जलमग्न भएको प्रहरीले जनाएको छ । बाढी र डुबानबाट बचाउन तथा उद्धारका लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेनासहितको उद्धार टोली खटाई हाई अलर्ट अवस्थामा  राखिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक श्यामकृष्ण अधिकारीले बताउनुभयो । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…