Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

४२ फिटको रावणको पुत्ला दहन

डेक्स

डेक्स

४२ फिटको रावणको पुत्ला दहन
ADVERTISEMENT

नेपालगन्ज २० असोज । नेपालगन्जको रामलिला मैदानमा विजयादशमीको घटनास्थापनादेखि शुरु भएको रामलिला महोत्सवको बुधबार १० औ दिन विशेष रावण बधको कार्यक्रम वर्षाका कारण स्थागित कार्यक्रमलाई आज पानीको झरीमै रावणको पुत्ला दहन गरिएको छ ।  
रामलिला नाटक प्रदर्शनीमा ४२ फिटको रावणको पुत्ला दहन गरिएको हो । अविरल वर्षाका कारण जलमग्न बनेको रामलिला मैदान क्षेत्रमा आज विहीबार साँझ रावणको पुत्ला दहन गरिएको रामलिला संचालक समितिका अध्यक्ष सन्तोषकुमार कानोडियाले बताउनुभयो । वर्षा नरोकिएपनि भरीमै सैयौ सर्वसाधारणहरु मेला हेर्न पुगेका थिए । उहाँका अनुसार यस वर्ष आयोजना गरिएको १५५ औ रामलिला महा महोत्सवमा आज कुम्भकर्ण, मेघनाथ र रावण बध गरिएको हो । 
भारतको बृन्द्राबनबाट २५ जना कलाकारको समुहले विभिन्न सजावटका साथ रामलिला मञ्चन गरिरहेको छ । भोली भरत मिलाप तथा शुभराज्यभिषेक गरेर रामलिला सकिनेछ । १५ दसक बढीदेखि आयोजना हुदै आएको रामलिला महोत्सवमा नारद मोह, रामजन्म, ताड्का बध, जनकपुर आगमन, बजार फुलवारी, धनुष यज्ञ, प्रशुराम, बाणासुर लिला, सिता स्वयम्बर, राम वनबास, दशरथ मरण, सिताहरण, लंकादहन र लक्ष्मण शक्ति बाण लगायत लिला प्रर्दशन गरिसकिएको समितिका प्रचार मन्त्री विष्णुलाल कुमालले बताउनुभयो । 
 
ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…