Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

१५५ औ रामलीला महोत्सव

डेक्स

डेक्स

१५५ औ रामलीला महोत्सव
ADVERTISEMENT

नेपालगन्ज, ९ असोज । विजयादशमीको अवसरमा प्रत्येक वर्ष नेपालगञ्जमा आयोजना गरिने रामलिला मञ्चन यस वर्ष हुने भएको छ । पश्चिम नेपालको ऐतिहासिक तथा सांस्कृतिक महत्वको रुपमा परिचित रामलीला मञ्चन विगत दुई वर्षदेखि कोरोना भाइरस संक्रमणका कारण स्थगित गरिएको थियो । 
रामलीला सञ्चालक समितिले रामलीला मञ्चनको १ सय ५३ वर्षमा पहिलोपटक रामलीला मञ्चन स्थगित गरेको हो । १ सय ५३ औं वर्ष प्रवेश गरेको ऐतिहासिक तथा सांस्कृतिक महत्वको रामलीला मञ्चनलाई कोरोना संक्रमणका कारण विगत दुई वर्षदेखि सार्वजनिक रुपमा नमनाइए पनि सोही स्थानमा विशेष पुजापाठ गरि मनाइने गरिएको थियो । 

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर–१३ बाँकेगाउँस्थित रामलीला मैदानमा सोमबार साँझदेखि रामलीला मञ्चन शुरु गरिने रामलिला संचालक समितिका अध्यक्ष सन्तोष कुमार कानोडियाले बताउनुभयो । उहाँका अनुसार रामलीला शुरु भएको यो वर्ष १ सय ५५ वर्ष पुरा हुँदैछ । रामलीलाको सोमबार बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रीले उद्घाटन गर्ने कार्यक्रम रहेको संचालक समितिका प्रचार प्रसार उपसमितिका विष्णुलाल कुमालले जानकारी दिनुभयो ।     
उहाँका अनुसार सत्यमाथि विजयको प्रतीकका रूपमा मनाइने दशैंको पहिलो दिन घटस्थापनादेखि विजयादशमीको दिनसम्म राती ७ बजे देखि १२ बजेसम्म रामलीला मञ्चन गरिन्छ । रामलीला मञ्चनका लागि भारतको वृन्दावन धामको ब्रज रासलीला एवं रामलीला मण्डल नेपालगञ्ज आइपुगेको छ । रामलिला मञ्चन मण्डल सञ्चालक श्री राधारमण शर्मा नेतृत्वको २१ जना कलाकारको टोलीले भगवान राम र सीताको जीवनीमा आधारित विभिन्न कथालाई नाटकीय रूपमा प्रस्तुत गर्नेछ । रामलीलाको मञ्चन राज्याभिषेक अर्थात् विजयादशीको रातिसम्म चल्ने आयोजकले जनाएको छ ।

सोमबार शोभा यात्रासँगै साँझ रामलीला प्रारम्भ हुनेछ । महोत्सवमा नारद मोह, रामजन्म, ताड्का बध, जनकपुर आगमन, बजार फुलवारी, धनुष यज्ञ, प्रशुराम, बाणासुर लिला, सिता स्वयम्बर, राम वनबास, दशरथ मरण, सिताहरण, लिला प्रर्दशन, लंकदहन, लक्ष्मण शक्ति, कुम्भकर्ण बध, रावण बध र राज्यअभिषेकका लिला प्रदर्शन हुने कार्यक्रम रहेको आयोजक समितिका अध्यक्ष कानोडियाले बताउनुभयो । उहाँका अनुसार करिव रु १५ लाख बढी खर्चको अनुमान गरिएको रामलीला महोत्सव तथा मेलामा बाँके र बर्दियाका विभिन्न ग्रामिण क्षेत्र तथा सिमावर्ती क्षेत्रबाट सैयौ नागरिकहरु आउने गर्दछन । 
डेढसय बढी वर्षदेखि नेपालगन्जमा आयोजना हुदै आएको रामलिला मञ्चनले एउटा धार्मिक परम्पराको संरक्षण तथा नया पिढीलाई जागरुकताको सन्देश प्रवाह गरेको नेपालगन्ज ७ का स्थानीय विश्वजित तिवारी बताउनुहुन्छ । उहाँले भन्नुभयो–‘यो एउटा ऐतिहासिक पर्व हो, यो पर्वले हिन्दु समुदाय विशेष गरि अवधी संस्कृतीको जर्गेना गर्ने काम गरेको छ ।’ रामलीलाको अन्तिम तयारी, अवलोकनको सहज व्यवस्था र शान्ति सुरक्षा लगायको तयारी गरिएको संचालक समितिका सदस्य भरतकिशोर बैश्यले बताउनुभयो ।
     
ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

होटल पौवाले नयाँ अंग्रेजी वर्षमा विशेष कन्सर्ट गर्दै

होटल पौवाले नयाँ अंग्रेजी वर्षमा विशेष कन्सर्ट गर्दै

नेपालगन्जस्थित होटल पौवाले अंग्रेजी नयाँ वर्ष २०२६ लाई भव्य रूपमा स्वागत गर्दैछ । नयाँ…

होटल कलपत्रुले अंग्रेजी नयाँ वर्षमा सांगितिक उत्सव गर्दै

होटल कलपत्रुले अंग्रेजी नयाँ वर्षमा सांगितिक उत्सव गर्दै

नेपालगन्ज, १३ पुस । होटल कलपत्रु नेपालगन्जले अंग्रेजी नयाँ वर्ष २०२६ लाई सांगितिक उत्…

बिज्ञान स्याङ्गबोको यो नयन बोलको गीत सार्बजनिक

बिज्ञान स्याङ्गबोको यो नयन बोलको गीत सार्बजनिक

पवन जायसवाल नेपालगन्ज ।अफिसियल युट्युब च्यानलमार्फत बिज्ञान स्याङ्गबोको यो नयन बोलको ग…

‘ह्रस्व दीर्घ’को पहिलो साताको कमाइ ५ करोड बढी

‘ह्रस्व दीर्घ’को पहिलो साताको कमाइ ५ करोड बढी

काठमाडौं ७ मसिंर। चन्द्र पन्त निर्देशित फिल्म ह्रस्व दीर्घले पहिलो साता राम्रै कमाइ गरेक…