Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

बदनाम गर्ने शिक्षकमाथी छानविन गरी कारवाहीको माग

डेक्स

डेक्स

बदनाम गर्ने शिक्षकमाथी छानविन गरी कारवाहीको माग
ADVERTISEMENT

डुडुवा (बाँके) २० जेठ । डुडवा गाउँपालिका अन्र्तगत एक शिक्षकले गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीलाई बदनाम गर्न खोजिएको घटना गलत तथा भ्रामक प्रचारवाजी गरिएको पाइएको छ । मिति २०७९ जेठ १८ गते नेपाल राष्ट्रिय शिक्षक संगठन बाँकेले श्री आधारभुत विद्यालय डुडुवा–१ चौफेरीका शिक्षक भुपेन्द्र रेग्मीलाई डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले ज्यान मार्नेसम्मको दिएको अभिव्यक्ती भन्दै उल्लेख गरी प्रकाशित विज्ञप्तीप्रति अध्यक्ष चौधरीले गम्भीर ध्यानाकर्षण भएको जनाउनु भएको छ । अध्यक्ष चौधरीले आज एक विज्ञप्ती निकालेर गाउँपालिकालाई नै बदनाम गर्ने गरि गलत प्रचारवाजीको गर्ने संगठन तथा व्यक्तीका बारेमा स्पष्ट धारणा बुझी कडा कारवाही गर्न माग गर्नुभएको छ । 
अध्यक्ष चौधरीले भन्नुभयो– “मलाई निज शिक्षक रेग्मीले आफै पटक पटक राजनितिक विषयलाई लिएर वादविवाद गर्न खोजेको तर मैले सो विषयमा कुनै वास्ता नगरि निज शिक्षक रेग्मी विद्यालयको समयमा प्रायः बाहिर रहेर राजनितिक गतिबिधीमा सक्रिय देखिएपछि मिति २०७९ जेठ १८ गतेका दिन विद्यालयको समयमा भएको भेटका क्रममा रेग्मीलाई तपाई विद्यालयको समयमा अन्यत्र स्थानमा जाने राजनिति गर्ने या राम्रो कुरा होईन र विद्यालयको समयमा उपस्थित भई अध्यापनमा विशेष ध्यान दिने कुरा मात्र गरेको तर उक्त कुरालाई तोडमोड गरी मेरो अध्यक्ष पदको गरिमामाथी समेत खिल्ली उडाएर व्यक्तीगत चरित्र हत्या गर्ने किसिमको शब्द प्रयोग गरि प्रकाशित विज्ञप्तीप्रति घोर आपत्ती छ । ” विज्ञप्तीमा भनिएको छ । 
गाउँपालिका अन्र्तगत कार्यरत अरु शिक्षकहरुलाई मैले केही नभनी रेग्मीलाई मात्रै किन भन्ने र मसंग व्यक्तीगत केही कुरा गर्नुपर्ने भएमा जहिले पनि संवाद गर्न सकिने र गाउँपालिकाका सम्पुर्ण शिक्षकहरुलाई विशेष गरि विद्यालयको समयमा इमान्दारितापुर्वक आफनो पठन पाठनको कार्यमा जिम्मेवारी वहन गर्न अनुरोध गर्दै गाउँपालिकालाई नै बदनाम हुने गरि गरिने यस्ता क्रियाकलापले ठुलो आँच आउने ठहर गर्दै संगठनले गलत, अपुष्ट, तथा एकोहोरो रुपमा अरुलाई तिरस्कृत र मानहानी गर्ने किसिमको कुरा बाहिर आएको घटनालाई स्थानीय प्रशासनसंग आवश्यक छानविन गरि दोषीलाई कडा कारवाही गर्न माग गरिएको छ । 
शिक्षक रेग्मीसंग मेरो कुनै पनि वाद विवाद नरहेको स्पष्ट पार्दै अध्यक्ष चौधरीले आफनो काम कर्तव्य र जिम्मेवारीमा लाग्न आग्रह गर्दै गाउँपालिकाका सम्पुर्ण शिक्षकहरुलाई नियम कानूनभित्र रही आफनो कार्यसम्पादन गर्न विज्ञप्तीमार्फत निर्देशन दिनुभयो ।  

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…