Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

तीन वर्षदेखि बेपत्ता आफन्तको पर्खाइमा परिवार

डेक्स

डेक्स

तीन वर्षदेखि बेपत्ता आफन्तको पर्खाइमा परिवार
ADVERTISEMENT

सल्यान / बैशाख २६ / 

 रोजगारीका लागि डोल्पा गएका सल्यानका ४६ वर्षीय शुकलाल यरी ३ वर्षदेखि बेपत्ता छन्। डोल्पाको दुनैमा घर प्लास्टरको काम गर्न घरबाट हिँडेका शारदा नगरपालिका-६ सापमाराका यरी ३ वर्षदेखि सम्पर्कविहीन भएका हुन्।

डोल्पाको दुनैमा पुगेर काम शुरु गरिसकेको भनेर घरमा खबर गरेका यरी २०७६ भदौदेखि परिवार र आफन्तको सम्पर्कमा नआएको यरीकी छोरी रेखा यरीले बताइन्। ३ वर्षदेखि सम्पर्कमा नआएपछि बुवाको खोजतलास गरिदिन उनले सबैसँग आग्रह गरेकी छन्।

यरीलाई डोल्पा लग्ने गाउँकै ठेकेदार भागिराम बुढाथोकीले आफूले यरीलाई रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको राडिज्युलाका ठेकेदार अर्जुन विकको जिम्मा दिएर घर फर्किएको परिवारलाई बताएका छन्।

उता राडिज्युलाका ठेकेदार विकले भने यरी दुनैको काम सकाएर घर जाने भनेर हिँडिसकेको बताएका छन्। तर विगत ३ वर्षदेखि बुवा घर पनि नआएको र सम्पर्कमा पनि नभएको छोरी रेखाले बताइन्। उनले भनिन्, ‘बुवाको अवस्थाबारे हामीलाई थाहा छैन, ठेकेदारले घर फर्किसक्नु भएको हो भन्छ, तर बुवा घर आउनुभएको छैन। कुर्दाकुर्दै ३ वर्ष बितिसक्यो।’

सम्पर्कविहीन बुवाको खोजतलासका लागि दुई पटक जिल्ला प्रहरी कार्यालय सल्यानमा निवेदन दिएको भएपनि प्रहरीले समेत बेवास्ता गरेको रेखाको भनाइ छ।

‘बुवाको अवस्थाबारे बुझ्न सजिलो होला भनेर दुई पटक प्रहरीमा निवेदन समेत दिएँ। तर जिल्ला बाहिरको घटना भन्दै प्रहरीले वास्ता नै गरेन', उनले भनिन्, ‘बुवालाई कामको लागि घरबाट लिएका बुढाथोकी र राडीज्युलाका ठेकेदार विक दुवैमाथि प्रहरीले छानबिन गर्‍यो भने वास्तविकता पत्ता लाग्न सक्छ, तर हामीसँग पैसा छैन हाम्रो पक्षमा बोलिदिने पनि कोही छैनन्।'

घरको मूली बुवा नै सम्पर्कविहीन भएपछि घर चलाउन निकै समस्या भएको रेखाको भनाइ छ। अहिले आमा, भाइ र रेखासँगै बस्दै आएका छन्। जिल्ला प्रहरी कार्यालय सल्यानले भने यस विषयमा परिवारको निवेदनका आधारमा मातहतका सबै निकायमा खबर गरिसकेको जनाएको छ। यरीलाई काममा लगाउने भनेर घरबाट दुनै लगेका दुवै ठेकेदारलाई बोलाएर यसबारे थप छलफल गरिने प्रहरीको भनाइ छ। साभार ः थाहा खबरबाट । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…