Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

विपन्न विद्यार्थिलाई शैक्षिक सामाग्री वितरण

डेक्स

डेक्स

विपन्न विद्यार्थिलाई शैक्षिक सामाग्री वितरण
ADVERTISEMENT

बर्दिया, जेठ १५ । बर्दियाको मधुवन, गुलरिया नगरपालिका तथा बढैयाताल गाउँपालिकामा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सहयोग सामग्री वितरण गरेको छ ।

बाँके युनेस्को क्लबले प्लान इन्टरनेसनल नेपालको साझेदारीमा उपरोक्त पालिकाका विभिन्न विद्यालयमा अध्ययनरत प्रायोजित तथा आर्थिक रूपमा कमजोर अवस्थाका बालबालिकाहरूको शैक्षिक गुणस्तर बढाउन उनिहरुलाई आवश्यक शैक्षिक सामग्री वितरण गरेको हो ।

शिक्षा केवल अधिकार मात्र नभई उज्ज्वल र सशक्त भविष्यको आधार पनि हो भन्ने विश्वासका साथ विपन्न तथा जेहेन्दार बिद्यार्थिलाई शैक्षिक सामाग्री वितरण गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकीले बताउनुभयो । शैक्षिक सामाग्री वितरणको क्रममा गुलरिया नगरपालिका वडा नं. १२ मा नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका ७ जना र गोरखकाली विद्यालयका २ जना गरी ९ जना विद्यार्थीलाई सहयोग प्रदान गरिएको थियो ।

त्यसैगरी मधुवन नगरपालिकाको त्रिभुवन माध्यमिक विद्यालयका १४ जना तथा बढैयाताल गाउँपालिका वडा नं. ७ स्थित भगवती संस्कृत माध्यमिक विद्यालयका ५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको जनाउँदै सो कार्यक्रमबाट कुल २८ जना विद्यार्थी लाभान्वित भएको क्लबले जनाएको छ ।

प्लान इन्टरनेसनल नेपालका अनुसार शैक्षिक सामाग्री वितरण कार्यक्रमले आर्थिक अभावका कारण कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित नहोस् भन्ने साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको छ । आवश्यक शैक्षिक सामग्री उपलब्ध गराएर बालबालिकामा आत्मविश्वास अभिवृद्धि गर्ने, विद्यालयमा नियमित सहभागिता बढाउने तथा सकारात्मक सिकाइ वातावरण सिर्जना गर्ने उद्देश्य राखिएको प्लानले जनाएको छ ।

यस्ता कार्यक्रममार्फत बालबालिकाको शिक्षामा निरन्तर लगानी गर्दै उनीहरूको उज्ज्वल भविष्य निर्माण, अवसरको सुनिश्चितता तथा सकारात्मक परिवर्तनका लागि सहकार्यलाई अझ सशक्त बनाउँदै जाने योजना र उदेश्य रहेको बाँके युनेस्को क्लबले जनाएको छ ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

उच्च तापक्रममा टिनको छानामुनि बालबालिका पढ्न बाध्य

उच्च तापक्रममा टिनको छानामुनि बालबालिका पढ्न बाध्य

निशु जोशी नेपालगन्ज, १६ जेठ पश्चिम नेपालको बाँके लगायतका जिल्लामा अत्याधिक गर्मी बढे…

विपन्न विद्यार्थिलाई शैक्षिक सामाग्री वितरण

विपन्न विद्यार्थिलाई शैक्षिक सामाग्री वितरण

बर्दिया, जेठ १५ । बर्दियाको मधुवन, गुलरिया नगरपालिका तथा बढैयाताल गाउँपालिकामा अध्…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

बाँकेमा कार्यसम्पादनमा ७१ सामुदायिक विद्यालय सामान्य

बाँकेमा कार्यसम्पादनमा ७१ सामुदायिक विद्यालय सामान्य

नेपालगन्ज, १० जेठ । बाँके जिल्लामा रहेका ८२ विद्यालय मध्ये कुनै पनि विद्यालय कमजोर र…