Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

बाँकेमा कार्यसम्पादनमा ७१ सामुदायिक विद्यालय सामान्य

डेक्स

डेक्स

बाँकेमा कार्यसम्पादनमा ७१ सामुदायिक विद्यालय सामान्य
ADVERTISEMENT

नेपालगन्ज, १० जेठ । बाँके जिल्लामा रहेका ८२ विद्यालय मध्ये कुनै पनि विद्यालय कमजोर र उच्चतम अवस्थामा नरहेको पाइएको छ । शैक्षिक गुणस्तर परीक्षण केन्द्रले नेपालगन्जमा पत्रकारसंग गरेको अन्र्तक्रियामा तथ्यांक प्रस्तुत गर्दै केन्द्रकी निर्देशक प्रमिला बखतीले ७१ विद्यालय सामान्य र ११ विद्यालय मध्यम अवस्थामा जानकारी दिनुभयो । 

आर्थिक वर्ष २०७८÷०७९ सम्मको सामुदायिक विद्यालयहरुको कार्यसम्पादन परीक्षणपछि केन्द्रले सार्वजनिक गरेको बाँकेको प्रतिवेदन अनुसार, कोहलपुर नगरपालिकामा १ मध्यम र १० सामान्य, खजुरा गाउँपालिकामा २ मध्यम र १२ सामान्य, जानकी गाउँपालिकामा ३ सामान्य, डुडुवा गाउँपालिकामा मध्यम १ र सामान्य ४, नरैनापुर गाउँपालिकामा ३ सामान्य, नेपालगन्ज उपमहानगरपालिकामा २ मध्यम र १५ सामान्य, बैजनाथ गाउँपालिकामा १ मध्यम र १३ सामान्य, राप्तीसोनारी गाउँपालिकामा मध्यम ४ र १३ सामान्य रहेका छन् ।

परीक्षण केन्द्रले स्तर निर्धारणको मापदण्ड ९० प्रतिशत भन्दा माथिलाई उत्तम, ७० देखि ९० लाखई मध्यम, ४० देखि ७० लाई सामान्य ४० भन्दा कमलाई कमजोर श्रेणीमा राखेको जनाएको छ ।

केन्द्रले लगानी, भौतिक संरचना, शिक्षक उपस्थिति, समुदायको सहभागिता र लगानी, प्रक्रिया, कक्षा शिक्षण, विद्यार्थी मूल्यांकन, शिक्षकको पेशागत विकास, नेतृत्व र व्यवस्थापन, सह तथा अतिरिक्त क्रियाकलाप, उपलब्धि, विद्यार्थी नियमितता, कक्षा दोहोर्याउने र विद्यालय छाड्ने दर सिकाई उपलब्धी, सेवाग्राही सन्तुष्टि, शिक्षकको पेशागत सन्तुष्टि, सेवाग्राही विद्यार्थी संख्या लगायतलाई आधार बनाएर विद्यालयको परीक्षण गरेको थियो ।

यस बर्ष परीक्षणको नमूना संकलन बृहत बनाउनका लागि सात प्रदेशका सय विद्यालयका विद्यार्थीको परीक्षण र दुई सय प्रधानाध्यापकको नेतृत्व कार्यसम्पादन परीक्षण गरिरहेको केन्द्रका महानिर्देशक जयराम अधिकारीले बताउनुभयो ।

उहाँले बर्दियाका सात विद्यालयका प्रधानाध्यापकको समेत यस वर्ष कार्यसम्पादन परीक्षण हुन लागेको जानकारी दिदै विद्यालय सिकाईको अवधारणा विकास हुँदै गएको बताउुनभयो । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

उच्च तापक्रममा टिनको छानामुनि बालबालिका पढ्न बाध्य

उच्च तापक्रममा टिनको छानामुनि बालबालिका पढ्न बाध्य

निशु जोशी नेपालगन्ज, १६ जेठ पश्चिम नेपालको बाँके लगायतका जिल्लामा अत्याधिक गर्मी बढे…

विपन्न विद्यार्थिलाई शैक्षिक सामाग्री वितरण

विपन्न विद्यार्थिलाई शैक्षिक सामाग्री वितरण

बर्दिया, जेठ १५ । बर्दियाको मधुवन, गुलरिया नगरपालिका तथा बढैयाताल गाउँपालिकामा अध्…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

बाँकेमा कार्यसम्पादनमा ७१ सामुदायिक विद्यालय सामान्य

बाँकेमा कार्यसम्पादनमा ७१ सामुदायिक विद्यालय सामान्य

नेपालगन्ज, १० जेठ । बाँके जिल्लामा रहेका ८२ विद्यालय मध्ये कुनै पनि विद्यालय कमजोर र…