Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

राप्तीसोनारीको सञ्चार नीतिको मस्यौदामाथि छलफल

डेक्स

डेक्स

राप्तीसोनारीको सञ्चार नीतिको मस्यौदामाथि छलफल
ADVERTISEMENT

नेपालगन्ज, १२ जेठ । बाँकेको राप्तीसोनारी गाउँपालिकाको सञ्चार नीतिको मस्यौदामाथि नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमितिसँग छलफल गरिएको छ । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीको अध्यक्षतामा आज छलफल गरिएको हो । 

राप्तीसोनारी गाउँपालिकाले नेपाल पत्रकार महासंघलाई सञ्चार नीति निर्माणको जिम्मा दिएको छ । त्यही अनुसार आज कार्यसमितिमा छलफल गरिएको महासंघ बाँकेका अध्यक्ष गिरीले बताउनुभयो । महासंघले अध्यक्ष गिरीको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको छ । 

समितिमा महासंघका सचिव कृष्ण ओली र पत्रकार प्रियास्मृति ढकाल सदस्य रहनुभएको छ । प्रारम्भिक मस्यौदामाथि कार्यसमितिमा छलफल गरिएपछि अब बाँकेका अग्रज पत्रकार र पालिकासँग छलफल गरिने अध्यक्ष गिरीले बताउनुभयो । स्थानीय मिडिया र मिडियाकर्मीको व्यवस्थापनका लागि संचार नीतिले महत्वपूर्ण भूमिका खेल्ने उहाँको विश्वास छ । 

मस्यौदा समितिका सदस्य समेत रहेका पत्रकार प्रियास्मृति ढकालले मस्यौदा प्रस्तुत गर्नुभएको थियो । त्यसक्रममा सहभागिहरूले स्थानीय मिडिया र मिडियाकर्मीको संरक्षण मस्यौदाको प्राथमिकतामा पर्नुपर्ने बताए । 

छलफलमा महासंघ बाँकेका सचिव कृष्ण ओली, कार्यसमिति सदस्यहरू कृष्णराज अधिकारी, आशा विक, शम्भु थारू लगायतले सुझाव दिनुभएको थियो । सञ्चार नीतिको मस्यौदामा पत्रकारहरूको सुझावपछि कार्यपालिकासँग छलफल गरेर पालिकाले पारित गरी कार्यान्वयनमा आउनेछ ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…