Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

बालअधिकार सम्बन्धी कार्यक्रम तथा अनुगमन तालिम

डेक्स

डेक्स

बालअधिकार सम्बन्धी कार्यक्रम तथा अनुगमन तालिम
ADVERTISEMENT

नेपालगन्ज ३ जेठ । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जनमजय तिमिल्सिनाले बालअधिकार संरक्षण, बालमैत्री समाज निर्माण तथा बालबालिकाको समग्र विकासका लागि सरकार, नागरिक समाज र सरोकारवाला सबै पक्षबीच साझा प्रतिबद्धता र सहकार्य आवश्यक रहेको बताउनुभएको छ । 

“बालअधिकारसम्बन्धी कार्यक्रम तथा अनुगमन तालिम” कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा र सहभागिताको अधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले बालअधिकारसम्बन्धी नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहदेखि प्रदेशस्तरसम्म समन्वय, अनुगमन तथा निगरानी प्रणालीलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो । 

मन्त्री तिमिल्सिनाले बालमैत्री वातावरण निर्माणका लागि सरकारी निकायसँगै नागरिक समाज, सञ्चारमाध्यम, अभिभावक तथा समुदायको सक्रिय भूमिका आवश्यक रहेको उल्लेख गर्नुभयो । बालबालिकामाथि हुने हिंसा, शोषण, दुर्व्यवहार तथा बालविवाहजस्ता सामाजिक विकृतिको अन्त्यका लागि सबै पक्ष एकजुट भएर काम गर्नुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रम पीस नेपाल कपिलवस्तु र  बालअधिकारका लागि नागरिक सञ्जाल लुम्बिनी प्रदेश को आयोजनामा सम्पन्न भएको हो । कार्यक्रममा विभिन्न जिल्लाबाट सहभागी नागरिक समाजका प्रतिनिधि, बालअधिकारकर्मी तथा सरोकारवालाले बालअधिकार संरक्षणका चुनौती, अवसर तथा प्रभावकारी अनुगमन प्रणालीका विषयमा छलफल गरेका थिए ।

तालिममार्फत् बालअधिकारसम्बन्धी कार्यक्रमको प्रभावकारी कार्यान्वयन, अनुगमन तथा नागरिक समाजको भूमिकालाई थप सशक्त बनाउने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

पिस  नेपालका अध्यक्ष मणिप्रसाद गैरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा , सामाजिक विकास मन्त्रालयका सचिव दिवाकर भण्डारी , बाल अधिकारका लागि नागरिक सञ्जालका संयोजक शालिग्राम पाण्डे लगायतले प्रदेशमा बालअधिकारको अवस्था र नागरिक समाजको भूमिका बारेमा छलफल गरेका थिए। तालिममा लुम्बिनी प्रदेशका बाह्रै जिल्लाका नागरिक सञ्जालका अगुवा तथा बाल सन्जालको सहभागिता रहेको थियो।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…