Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

लैंगिक रूपान्तरण र समावेशी शिक्षणशैली सम्बन्धी शिक्षक तालिम सम्पन्न

डेक्स

डेक्स

लैंगिक रूपान्तरण र समावेशी शिक्षणशैली सम्बन्धी शिक्षक तालिम सम्पन्न
ADVERTISEMENT

बर्दिया । २९  वैशाख । बाँके युनेस्को क्लबले बर्दियाको राजापुर नगरपालिकामा दुई दिने “लैंगिक रूपान्तरणकारी समावेशी शिक्षणशैली तथा कक्षा व्यवस्थापन” सम्बन्धी शिक्षक तालिम सम्पन्न गरेको छ । क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा संचालन गरिरहेको सुरक्षा परियोजना अन्तर्गत सो तालिम आयोजना गरेको हो । 

परियोजनाअन्तर्गत सञ्चालित विद्यालयहरूका २१ जना शिक्षकहरूको सक्रिय सहभागिता रहेको उक्त तालिमको उद्देश्य विद्यालयमा सुरक्षित, समावेशी, बालमैत्री तथा लैंगिक उत्तरदायी सिकाइ वातावरण निर्माण गर्न शिक्षकहरूको ज्ञान, दृष्टिकोण र व्यवहारिक सीप अभिवृद्धि गर्नु रहेको थियो ।

तालिम उद्घाटन सत्रमा बाँके युनेस्को क्लबका परियोजना संयोजक तथा उपकार्यकारी निर्देशक गोविन्द प्रसाद लामिछानेले हरेक बालबालिकाले समान सिकाइ अवसर प्राप्त गर्न लैंगिक मैत्री तथा समावेशी विद्यालय वातावरण अत्यन्त आवश्यक रहेको बताउनुभयो ।

सो तालिममा कृष्ण प्रसाद पाण्डेय, बाँके युनेस्को क्लबका परियोजना संयोजक ईश्वर बीके तथा आरकेजेएसका परियोजना संयोजक मनोज पौडेलले सहजीकरण गर्नुभएको थियो । 

बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक रवि तुलाधरका अनुसार तालिम लैंगिक तथा सामाजिक समावेशीकरण, लैंगिक रूपान्तरणकारी दृष्टिकोण, समावेशी शिक्षण विधि, सकारात्मक कक्षा व्यवस्थापन, बाल सहभागिता, समानता तथा सहयोगी विद्यालय वातावरण निर्माणजस्ता विषयहरुमा केन्द्रित रहेको थियो । 

उहाँले समूह कार्य, खेल, भूमिका निर्वाह, अन्तरक्रिया, छलफल तथा भिडियो प्रस्तुतीकरणजस्ता सहभागितामूलक विधिबाट सञ्चालन गरिएको उक्त तालिममा शिक्षकहरूले वर्तमान अभ्यासहरूको समीक्षा गर्दै कक्षाकोठामा लैंगिक विभेद न्यूनीकरण तथा समावेशीकरण प्रवद्र्धनका नवीन उपायहरूबारे अभ्यास गरेको बताउनुभयो । 

तालिमको प्रमुख उपलब्धिका रूपमा सहभागी शिक्षकहरूले आफ्ना विद्यालयमा लैंगिक मैत्री तथा समावेशी सिकाइ वातावरण निर्माण गर्न विद्यालयस्तरीय कार्ययोजना समेत तयार गरेका छन् । तालिम अवधिभर प्रमिशा थारूले सक्रिय सहभागिता र सहयोग पु¥याउनुभएको थियो ।

तालिममा सहभागि शिक्षकहरुका अनुसार यस्ता कार्यक्रमले गुणस्तरीय शिक्षामार्फत हरेक बालबालिकालाई सुरक्षित, सम्मानित र समान अवसरयुक्त वातावरण प्रदान गर्दै समावेशी विद्यालय निर्माणमा महत्वपूर्ण योगदान पु¥याउनेछ ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

उच्च तापक्रममा टिनको छानामुनि बालबालिका पढ्न बाध्य

उच्च तापक्रममा टिनको छानामुनि बालबालिका पढ्न बाध्य

निशु जोशी नेपालगन्ज, १६ जेठ पश्चिम नेपालको बाँके लगायतका जिल्लामा अत्याधिक गर्मी बढे…

विपन्न विद्यार्थिलाई शैक्षिक सामाग्री वितरण

विपन्न विद्यार्थिलाई शैक्षिक सामाग्री वितरण

बर्दिया, जेठ १५ । बर्दियाको मधुवन, गुलरिया नगरपालिका तथा बढैयाताल गाउँपालिकामा अध्…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

बाँकेमा कार्यसम्पादनमा ७१ सामुदायिक विद्यालय सामान्य

बाँकेमा कार्यसम्पादनमा ७१ सामुदायिक विद्यालय सामान्य

नेपालगन्ज, १० जेठ । बाँके जिल्लामा रहेका ८२ विद्यालय मध्ये कुनै पनि विद्यालय कमजोर र…