Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

बाँकेका १ सय २१ जना हजयात्री विदाई

डेक्स

डेक्स

बाँकेका १ सय २१ जना हजयात्री विदाई
ADVERTISEMENT

नेपालगन्ज १६ बैशाख । साउदी अरबको मक्का–मदिनामा पवित्र हज यात्राका लागि जाने बाँकेका १ सय २१ जना हजयात्रीलाई शुक्रबार विशेष कार्यक्रमबिच विदाई गरिएको छ ।

यस वर्ष बाँकेबाट हज यात्रामा जाने हाजीहरू नेपालगन्जस्थित बिपी चोकमा भेला भएका थिए । बिपी चोकमा आयोजित बिदाइ कार्यक्रममा तीर्थयात्रीलाई माला, गम्छा, टोपी र खादा ओढाएर सम्मानसहित बिदाइ गरिएको थियो । बाँकेबाट १२१ जना मुस्लिम महिला तथा पुरुष हज यात्रामा सहभागी हुन लागेको जानकारी दिँदै शुभकामना र सम्मानसहित बिदाइ गरिएको थियो । 

बिदाइ कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, जनप्रतिनिधि, धार्मिक अगुवा तथा समाजसेवीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । जिल्लाका विभिन्न स्थानबाट हज जानेहरु सबै आज राजधानी काठमाण्डौतर्फ लागेका छन । 

बाँके डुडुवा गाउँपालिका उपाध्यक्ष शाहिदा बानो लगायतको समुहलाई आज भव्य विदाई गरिएको छ । डुडुवा ४ मोल्हुपुर्वास्थित उपाध्यक्ष बानोको घरमा  मुस्लिम धर्म अगुवा, मौलाना, आफन्त, इष्ठमित्र, जनप्रतिनिधी लगायतले विादई गरेको छन ।  उपाध्यक्ष वानोलाई उनीहरुले सम्मान गर्दै सफल धार्मिक यात्राको शुभकामना व्यक्त गरेका थिए । 

मुस्लिम धर्मगुरु मौलाना अब्दुल जब्बार मन्जरीका अनुसार इस्लाम धर्मका पाँच अनिवार्य धार्मिक स्तम्भमध्ये हज पनि एक हो । आर्थिक रूपमा सक्षम प्रत्येक मुसलमानले जीवनमा कम्तीमा एक पटक हज गर्नुपर्ने धार्मिक कर्तव्य मानिन्छ । उहाँले भन्नुभयो, “इस्लामका अन्य अनिवार्य धार्मिक स्तम्भमा ईमान अर्थात् कल्मा पढ्नु, नमाज पढ्नु, जकात दिनु र रमजानमा रोजा बस्नु पर्दछन् ।”

हजका क्रममा तीर्थयात्रीहरूले साउदी अरबको मक्का सहरस्थित पवित्र काबाको परिक्रमा, सफा–मरवाहबिच दौड, अराफातको मैदानमा बसाइ तथा शैतानलाई ढुङ्गा हान्ने लगायतका धार्मिक विधि पूरा गर्छन् । त्यसैगरी, मदिना सहर पुगेर इस्लाम धर्मका अन्तिम प्रवर्तक हजरत मोहम्मदको पवित्र समाधिस्थलको जियारत गरी सलाम प्रस्तुत गर्ने परम्परा पनि रहेको छ । हरेक वर्ष विश्वभरबाट लाखौँ मुस्लिम धर्मावलम्बी मक्का र मदिनामा भेला भई हजका धार्मिक विधि सम्पन्न गर्दै आएका छन् ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…