Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

जेनजी सहिदको स्मृतिमा ‘योग भवन र उद्यान’ निर्माण

डेक्स

डेक्स

जेनजी सहिदको स्मृतिमा ‘योग भवन र उद्यान’ निर्माण
ADVERTISEMENT

नेपालगञ्ज, १७ वैशाखः जेनजी प्रदर्शनका क्रममा गत भदौमा सहादत प्राप्त गरेका बाँकेका दुई जना युवाको स्मृतिमा नेपालगञ्जमा अर्धकदको सालिकसहित पार्क निर्माण गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका १ का आयुष थापा र सुलभराज श्रेष्ठको स्मृतिमा वडा कार्यालयले योग भवन तथा खुला व्यायामशाला निर्माण गरेको हो । 

लुम्बिनी प्रदेश सरकार, नेपालगन्ज उपमहानगरपालिका र वडा कार्यालयको सहयोगमा करिब रु ५० लाखको लागतमा योग भवन निर्माण गरिएको छ । साथै रु १० लाखको लागतमा खुला व्यायामशाला निर्माण गरिएको वडाध्यक्ष प्रमोद रिजालले जानकारी दिनुभयो । 

उहाँले देशको परिवर्तनका लागि सहादत प्राप्त गर्ने वडाका होनहार युवाको स्मृतिमा अर्धकदको सालिकसहित स्मृति भवन निर्माण गरेको बताउनुभयो । पहिलो चरणमा सिमेन्टको अर्धकदको सालिक निर्माण गरिएको जनाउँदै वडाध्यक्ष रिजालले आगामी आर्थिक वर्षमा बजेट व्यवस्थापन गरी ढलोटको सालिक बनाउने योजना रहेको उल्लेख गर्नुभयो ।  

नेपालगञ्जका स्थायी बासिन्दा श्रेष्ठ र थापाको गत भदौ २३ गते राजधानीमा भएको जेनजी प्रदर्शनका क्रममा सुरक्षाकर्मीको गोली लागेर निधन भएको थियो । वडा कार्यालयले यसअघि दुवै सहिदको स्मृतिमा ‘सहिद मार्ग’ नामाकरण गरिसकेको छ ।

सहिद स्मृतिमा अर्धकदको सालिकसहितको भवन उद्घाटनपछि खुला ब्याडमिन्टन प्रतियोगितासमेत सञ्चालन हुने वडाध्यक्ष रिजालले जानकारी दिनुभयो । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…