Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

डुडुवामा सामी चौथो चरण कार्यान्वयन मोडालिटी सम्वन्धमा अभिमुखीकरण

डेक्स

डेक्स

डुडुवामा सामी चौथो चरण कार्यान्वयन मोडालिटी सम्वन्धमा अभिमुखीकरण
ADVERTISEMENT

डुडुवा (बाँके) १४ बैशाख । सामी चौथो चरण कार्यान्वयन मोडालिटी सम्वन्धमा अभिमुखीकरण कार्यक्रम गरिएको छ । डुडुवा गाउँपालिका रोजगार शाखाले आज सोमबार आयोजना गरेको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीले बैदेशिक रोजगारीमा जानेहरु दलालबाट ठगिने हुँदा सचेत हुनुपर्नेमा जोड दिदै रोजगारीमा जानेहरुका लागि सरकारले सहज प्रक्रियाको व्यवस्थापन गरेको बताउनुभयो । 

सामी कार्यक्रम लुम्विनी प्रदेशका भागीराम थारुले बैदेशिक रोजगारीमा जानेहरुका लागि आवश्यक प्रक्रिया, भिसा लगायतका बारेमा जानकारी गराउनु भएको थियो ।

सामी कार्यक्रम अन्र्तगत सुरक्षित आप्रवासन सम्बन्धी सचेतना, सीप विकास तथा रोजगार प्रवद्र्धन, फिर्ता आएका आप्रवासीहरूको पुनःएकीकरण, मनोसामाजिक परामर्श तथा सहायता सेवा, अनुगमन तथा मूल्याङ्कन लगायतको सेवा प्रदान गर्ने गरिएको सामी कार्यक्रमका जिल्ला संयोजक कमल सिंहले अभिमुखीकरणमा सहजीकरण गर्नुभएको थियो ।

चौथो चरणका लक्ष्य, रणनीति र प्राथमिकता, कार्यान्वयन मोडालिटी, स्थानीय तह र साझेदारहरूको भूमिका तथा जिम्मेवारी, सुरक्षित वैदेशिक रोजगार, आप्रवासन व्यवस्थापन र पुनःएकीकरण सम्बन्धी गतिविधि प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम गरिएको पालिकाका रोजगार शाखा प्रमुख अल्का मिश्रले जानकारी दिनुभयो । उहाँका अनुसार पालिकामा विदेश जाने तथा विदेशबाट फर्किएकाहरुलाई आवश्यक सेवा तथा परामर्श उपलब्ध गराउँदै आएको छ । 

कार्यक्रममा सामी कार्यक्रमको परिचय, पृष्ठभूमि, उपलब्धि (अघिल्ला चरणहरू), चौथो चरणका नयाँ फोकस क्षेत्रहरू, कार्यान्वयन मोडालिटी, संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय संरचना, कार्यक्रम सञ्चालन प्रक्रिया, साझेदार संस्था र तिनको भूमिकाका बारेमा जानकारी गराइएको थियो । 

सामी चौथो चरण कार्यान्वयन मोडालिटी सम्बन्धमा सामान्यतया स्थानीय तह, सरोकारवाला निकाय र कार्यान्वयन साझेदारहरूलाई कार्यक्रम कसरी सञ्चालन गर्ने बारे जानकारी दिन अभिमुखीकरण गरिएको हो । 

पालिका उपाध्यक्ष शाहिदा बानोको अध्यक्षतामा सम्पन्न अभिमुखीकरणमा पालिकाका जनप्रतिनिधी, कार्यपालिका सदस्य, विषयगत शाखा प्रमुख तथा अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…