Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

नेपालगन्जको कोरियनपुर घटनाका फरार दुई आरोपी पक्राउ

डेक्स

डेक्स

नेपालगन्जको कोरियनपुर घटनाका फरार दुई आरोपी पक्राउ
ADVERTISEMENT

नेपालगन्ज १ वैशाखः बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं १२, कोरियनपुरमा शरीरमा आगो लागेर मृत्यु भएकी २२ वर्षीय सिर्जना बुढामगरको घटनापछि फरार रहेका थप दुई जना आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । 
जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी निरीक्षक रमेश विष्टले भारतीय प्रहरीको सहयोगमा उनीहरुलाई पक्राउ गर्न सफल भएको जानकारी दिदै घटनाको थप अनुसन्धान भइरहेको बताउनुभयो । 
उहाँका अनुसार पक्राउ पर्नेमा मोहम्मद आरिफ ढकालीका नेपालगन्ज उपमहानगरपालिका १२ निवासी बुवा ५० बर्षीय रहमद ढपाली र उनका छोरा २१ बर्षीय मोहम्मद आदिल ढपाली रहेका छन् । यसअघि सो घटनामा संलग्न रहेको भन्ने पीडित पक्षको किटानी जाहेरीका आधारमा मोहम्मद आरिफ ढपाली, उनकी आमा र दीदीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । 
बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं १२, कोरियनपुरमा शरीरमा आगो लागेर मृत्यु भएकी २२ वर्षीय सिर्जना बुढामगरको घटनाबारे छानबिन गर्न प्रहरीले अनुसन्धान टोली समेत गठन गरेको छ । 
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान टोली गठन भएको थियो । उनीहरु पक्राउ परेसँगै सो घटनामा पक्राउ हुनेको सङ्ख्या पाँच पुगेको छ ।  

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…