Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

वेष्ट जोन इङ्लिस मिडीयम हाईस्कुलको २६ औं वार्षिकोत्सव

डेक्स

डेक्स

वेष्ट जोन इङ्लिस मिडीयम हाईस्कुलको २६ औं वार्षिकोत्सव
ADVERTISEMENT

नेपालगन्ज २८ चैतः नेपालगन्ज उपमहानगरपालिका वडा नं १३ स्थित वेष्ट जोन इङ्लिस मिडीयम हाईस्कुलको २६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस विविध सांस्कृतिक कार्यक्रम सहित शनिवार सम्पन्न भएको छ । 

सो कार्यक्रमको शुभारम्भ गर्दै नेपालगन्ज उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख गोर्ख बहादुर थापाले प्रविधिको विकासले विदार्थीहरु आफै सचेत भएपनि उनीहरुलाई असल कर्ममा मार्ग देखाउने काम विद्यालयबाट हुने बताउनुभयो । 

उहाँले भन्नुभयो “तल्लो तहका बालवालिकाको क्षमता विकास गर्न उनीहरुको रुचीको विषयलाई प्राथमिकता दिनुपर्छ ” बदलिदो परिवेश अनुसार शिक्षालाई रुपान्तरण गर्न आवश्यक भएको कुरामा जोड दिदै महाशाखा प्रमुख थापाले बालवालिका भविष्यका कर्णधार भएको बताउनुभयो । 

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी पूर्ण बहादुर खत्रीले शिक्षाका माध्यमबाट जिम्मेवार नागरिकका रुपमा कसरी उभ्याउने भन्ने चुनौती अभिभावकमा रहेको उल्लेख गर्दै नैतिक शिक्षाको स्खलन भएको बताउनुभयो । 

उहाँले जिम्मेवार नागरिक बनाउन र नैतिक शिक्षालाई प्राथमिकता दिन प्याब्सन, विद्यालय र अभिभावकको संयुक्त प्रयास आवश्यक भएको धारणा व्यक्त गर्नुभयो । 

पूर्व विद्यार्थी तथा भेरी अस्पतालका इएनटी विशेषज्ञ आनन्द कर्णले आफ्नो पढाईको वास्तविक जग विद्यालयले बसालेको उल्लेख गर्दै पछि आफूले विदेश गएर अध्ययन गरेर सफलता हासिल गरेको जानकारी दिनुभयो । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमानसिंह बोहोराको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाक वडा नं ९ वडाध्यक्ष गोविन्द रेग्मी, वडा नं १३ का वडाध्यक्ष सुरेशसिंह ठाकुर, जिल्ला अदालत, बाँकेका शाखा अधिकृत सुरेश मल्ल, बढैयाताल गाउँपालिकाका आन्तरिक लेखा परीक्षक प्रेम रोका, प्याब्सन, बाँकेका अध्यक्ष विकास बज्राचार्य विद्यालयका सहायक प्रिन्सीपल टीकराम शर्मा, एकेडेमिक इन्चार्ज कमल राना, शिक्षक सकुन्तला भण्डारी लगायतले बोल्दै शिक्षाका कारण जीवनमा देखिएको परिवर्तनका विषयमा आ आफ्नो धारणा राख्नुभयो । 

त्यस अवसरमा विभिन्न एलकेजीदेखि कक्षा १० सम्म विद्यालयमा प्रथम, द्धितीय तथा तृतीय स्थान हासिल गरेका र खेलकुदका विभिन्न विधामा प्रथम, द्धितीय तथा तृतीय स्थान हासिल गरेका विद्यार्थीहरुलाई प्रमाणपत्र तथा पुरस्कार प्रदान गरिएको थियो ।

सो अवसरमा विद्यालयकातर्फबाट विद्यार्थी तथा शिक्षकहरुले सांस्कृतिक कार्यक्रम समेत प्रश्तुत गर्नुभएको थियो । ८६ जना विद्यार्थीबाट २० बर्ष अघि सुरु भएको विद्यालय अहिले सुविधासम्पन्न विद्यालयका रुपमा स्थापित भएको छ । विद्यालयका विद्यार्थीहरुले आफ्नो कला समेत सो अवसरमा प्रश्तुत गरेका थिए । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

उच्च तापक्रममा टिनको छानामुनि बालबालिका पढ्न बाध्य

उच्च तापक्रममा टिनको छानामुनि बालबालिका पढ्न बाध्य

निशु जोशी नेपालगन्ज, १६ जेठ पश्चिम नेपालको बाँके लगायतका जिल्लामा अत्याधिक गर्मी बढे…

विपन्न विद्यार्थिलाई शैक्षिक सामाग्री वितरण

विपन्न विद्यार्थिलाई शैक्षिक सामाग्री वितरण

बर्दिया, जेठ १५ । बर्दियाको मधुवन, गुलरिया नगरपालिका तथा बढैयाताल गाउँपालिकामा अध्…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

बाँकेमा कार्यसम्पादनमा ७१ सामुदायिक विद्यालय सामान्य

बाँकेमा कार्यसम्पादनमा ७१ सामुदायिक विद्यालय सामान्य

नेपालगन्ज, १० जेठ । बाँके जिल्लामा रहेका ८२ विद्यालय मध्ये कुनै पनि विद्यालय कमजोर र…