Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

बाँकेमा नदीजन्य पदार्थको अबैध उत्खननबारे अनुगमन

डेक्स

डेक्स

बाँकेमा नदीजन्य पदार्थको अबैध उत्खननबारे अनुगमन
ADVERTISEMENT

नेपालगन्ज २३ चैत । बाँकेमा नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न जिल्ला समन्वय समितिले अनुगमन गरेको छ । बाँकेको राप्तीसोनारी गाउँपालिका अन्र्तगत राप्ती नदीका विभिन्न खोलाहरुमा अबैध नदीजन्य उत्खननबारे स्थालगत अनुगमन गरेको हो ।

जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्रकुमार चौधरी नेतृतवको टोलीले राप्तीसोनारी अन्र्तगत गुलरी–ढलैया, जलालाघाट र टिकुलीपुर घाटको अनुगमन गरेको हो । 

अनुगमनका क्रममा मापदण्ड विपरित मनोमानी ढंङ्गले नदीको बहाब नै परिवर्तन गरि ग्राभेल बालुवा खनेको, खोलामा धेरै हैभी इक्युभमेन्टको प्रयोग गरी अबैध उत्खनन गरेको, अबैध तरिकाले बढी गहिराई खनेको लगायत भेटिएको समन्वय प्रमुख चौधरीले बताउनुभयो । 

सबै खोलामा अहिले अबैध तरिकाले मापदण्ड विपरित नदीजन्य पदार्थको उत्खनन भईरहेकोले त्यसको नियन्त्रण तथा कारवाहीका लागि पहल गरेको उहाँले बताउनुभयो । अबैध उत्खननको नियन्त्रणका लागि स्थानीय तहको वढी भुमिका भएपनि गाउँपालिकाले खासै चासो नदिएर अबैध उत्खननको कार्य बढेको प्रमुख चौधरी बताउनुहुन्छ । 

उहाँले अबैध उत्खननको कार्य रोक्न स्थानीय प्रहरी प्रशासन र स्थानीय तहको ध्यानाकर्षण गराएको बताउनुभयो । राप्ती नदी र विभिन्न खोलाबाट नदीजन्य पदार्थको अवैध उत्खनन कार्य बढेको छ भने  गाउँपालिका क्षेत्रमा रहेका घाट र क्रसर उद्योगलाई नियमन गर्नुपर्ने स्थानीयको माग रहेको छ । 

नदीजन्य पदार्थ उत्खननको ठेक्का पाएका कम्पनीले जथाभावी रुपमा मनोमानी अबैध तरिकाले नदीजन्य पदार्थको उत्खनन गरेको पाइएको छ । अनुगमन टोलीमा समन्वय समितिका पदाधिकारी र कर्मचारीहरुको सहभागिता रहेको थियो । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…