Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

नेपालगञ्जमा इद उल फित्र मनाइयो

डेक्स

डेक्स

नेपालगञ्जमा इद उल फित्र मनाइयो
ADVERTISEMENT

नेपालगञ्ज, ७ चैतः मुश्लिम धर्मावलम्बीहरूले आज बाँकेको नेपालगञ्जमा इद उल फित्र पर्व धुमधामका साथ मनाएका छन् । शुक्रबारदेखि निरन्तर परेको वर्षामा पनि खुला स्थानमा कोही छाता ओढेर, कोही पानीमा भिजेर मुस्लिम धर्मावलम्बीले नेपालगञ्जको बिपीचोकस्थित इदगाहमा इद उल फित्र मनाएका हुन् ।

यस वर्ष पर्वको अघिल्लो दिनदेखि वर्षा भइरहेकाले अघिल्ला वर्षको जस्तै सडकसहित खुला स्थानमा घुइँचो नभए पनि मस्जिदमा मुश्लिम धर्मावलम्बीको घुइँचो लागेको थियो । इदगाहको भित्रपट्टीको खुला स्थानमा केहीले छाता ओढेर र केहीले पानीमा भिजेर नमाज पाठ गर्नुभएको थियो । 

अरबी पात्रो हिजरी संवत्अनुसार नवौँ महिनामा निराहार व्रत गरेका मुस्लिम समुदायले नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर आज इद उल फित्र पर्व मनाउने चलन छ । यस अवसरमा नमाज पढेपछि खुसी साटासाट गर्दै बाँके क्षेत्र नं २ का प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य मोहम्मद इस्तियाक राईले एक महिनाको व्रतपछि आज पर्व मनाइएको बताउनुभयो । 

उहाँले पर्वको अवसरमा सबैलाई शुभकामना दिँदै इदले विश्व शान्तिको कामना गर्न सकोस् भन्नुभयो । उहाँले अल्लाहसँग प्रार्थना गरेर मुलुक र आमनागरिकको सुख र समृद्धिको कामना गरेको भन्दै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई शुभकामना प्रदान गर्नुभयो ।  

नेपालगञ्ज–१७ परस्पर निवासी निजामुद्दिन इद्रिसीले एक महिनाको रोजा बस्नु भनेको प्रत्येक मुश्लिम समुदायको कर्तव्य र धर्म हुने उल्लेख गर्दै इद शान्तिको पैगाम भएको बताउनुभयो । उहाँले विश्व शान्तिका लागि प्रार्थना गरिएको भन्दै मुश्लिम समुदायका लागि विश्वमा कुरान, अजान एकमात्र धर्मग्रन्थ रहेको उल्लेख गर्नुभयो । 

मुश्लिम समुदायमा विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिने चलन छ । यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवइ, खजुरलगायत मिष्ठान्न भोजन गराउने प्रचलनसमेत रहेको छ । 

खुसीपूर्वक दानगरी दुःखी तथा गरिबलाई बाँडिने भएकाले यसपर्वलाई इद उल फित्र भनिएको हो । यसबाहेक नेपालगञ्जका अन्य मस्जिद तथा इदगाहमा पनि विशेष नमाज पाठ गरिएको थियो । एक महिनादेखि मुस्लिम समुदायको लामो व्रत ९रोजा० सुरु भएको थियो ।
 
ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…