Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

मानव बेचबिखनका घटनामा प्रभावकारी प्रतिकार्य सुदृढ गरिने

डेक्स

डेक्स

मानव बेचबिखनका घटनामा प्रभावकारी प्रतिकार्य सुदृढ गरिने
ADVERTISEMENT

नेपालगन्ज, ४ चैत । बाँके यूनेस्को क्लबको सहयोगमा मानव बेचबिखनका घटनामा प्रभावकारी प्रतिकार्य सुदृढ गर्ने उद्देश्यले मानवबेचविखन नियन्त्रण स्थानीय समितिको बैठक सम्पन्न गरिएको छ ।
क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापुर नगरपालिकासँगको समन्वयमा सञ्चालन गरेको सुरक्षा परियोजना अन्तर्गत सो बैठक सम्पन्न गरिएको हो ।

बैठक राजापुर नगरपालिकाका नगर प्रमुख दिपेश थारुको अध्यक्षतामा सम्पन्न भएको थियो । सो अवसरमा नगर प्रमुख थारुले मानवबेचविखन गम्भीर अपराध भएको जनाउँदै यो नियन्त्रणका लागि पालिकाले हरेक प्रकारको सहयोग गर्ने बताउनुभयो । 

कार्यक्रममा राजापुर नगरपालिकाका उपप्रमुख मनकला कुमारी चौधरी, नेपाल प्रहरीका प्रतिनिधिहरू, स्थानीय समितिका सदस्यहरू तथा सम्बन्धित सरकारी निकायका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजीकरण राजापुरस्थित महिला तथा बालबालिका सेवा इकाईकी प्रमुख अनिता चौधरीले गर्नुभएको थियो भने फिल्ड सुपरभाइजर प्रमिशा थारुले सहयोग गर्नुभएको थियो ।

बैठकमा मानवबेचविखन नियन्त्रण स्थानीय समितिको कार्यक्षमता सुदृढ बनाउने, विगतका गतिविधिको समीक्षा गर्ने, डब्लुएलसीसीएचटीको पुनर्गठन गर्ने, उद्धार तथा प्रभावित व्यक्तिहरूको तथ्याङ्क संकलन गर्ने तथा प्रस्तावित नीतिलाई अनुमोदन गर्ने विषयमा छलफल तथा महत्वपूर्ण निर्णयहरू गरिएको जनाइएको छ ।  

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…