Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

डुडुवा–२ मा आगलागी, पाँच घर जलेर नष्ट

डेक्स

डेक्स

डुडुवा–२ मा आगलागी, पाँच घर जलेर नष्ट
ADVERTISEMENT

बाँके २ चैत : बाँके डुडुवा–२ रामनगर पाझा गाउँमा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएको छ । 

आज सोमबार दिउसो भएको अचानक आगलागीबाट डुडुवा गाउँपालिका वडा नंं.–२ रामनगर पाझा गाउँका पाँच वटा घर जलेर नष्ट भएको बाँकेका प्रहरी नायव उपरिक्षक दिपक पातलीले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालगन्जबाट गएको बारुण यन्त्र र स्थानीयको सयुंक्त पहलमा आगो नियन्त्रणमा लिइएको हो । 

आगलागीबाट स्थानीय लल्लन यादव, बाँके यादव, बल्ले गोडिया, बाबादीन गोडिया र शिवबक्स गोडियाको घर पुर्ण रुपमा जलेको सामुदायिक विपद् व्यवस्थापन समितिका राममनोहर यादवले बताउनुभयो । 

प्रहरीका अनुसार आगलागीबाट घरभित्र रहेको नगद रकम, गैरखाद्य सामाग्री, कपडा लत्ता जलेर नष्ट भएपनि क्षतिको पुर्ण विवरण अझै आएको छैन । प्रहरी र नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले क्षतिको तथ्याक संकलन गर्ने जनाइएको छ । 

आगलागीको जानकारी पाउनेवित्तिकै डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी नेतृत्वको टोली पुगेर आगलागी नियन्त्रणमा सहयोग पुरयाएको थियो । आगलागी घटनाप्रति दुःख व्यक्त गर्दै अध्यक्ष चौधरीले पिडितलाई तत्काल राहतको व्यवस्थापन गर्ने प्रतिबद्धता गर्नुभयो । 
 
ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…