Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

प्रतिनिधीसभा सदस्य निर्वाचन जेसीमैत्री दृष्टिकोण सुधार गर्नुपर्ने  पर्यवेक्षण प्रतिबेदन सार्वजनिक

डेक्स

डेक्स

प्रतिनिधीसभा सदस्य निर्वाचन जेसीमैत्री दृष्टिकोण सुधार गर्नुपर्ने  पर्यवेक्षण प्रतिबेदन सार्वजनिक
ADVERTISEMENT

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ शान्तिपूर्ण र निष्पक्ष ढंगले सम्पन्न भए पनि लैंगिक, अपांगता तथा समावेशी मैत्री प्रक्रियामा भने धेरै सुधार गर्नुपर्ने देखिएको एक छलफल कार्यक्रममा बताइयो ।

महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) को नेतृत्वमा विभिन्न १५ वटा गैरसरकारी संस्थाले तयार पारेको पर्यवेक्षण प्रारम्भिक प्रतिवेदन सार्वजनिक कार्यक्रममा भनियो, ‘निर्वाचन आयोगले तयार पारेको निर्देशिकाअनुसार काम भएको थिएन र मतदान केन्द्रका बारेमा विश्लेषण हुन जरुरी छ ।’

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को लैंगिक अपांगता तथा समावेशी दृष्टिकोणबाट निर्वाचन पर्यवेक्षणको प्रारम्भिक प्रतिवेदन सम्बन्धमा सञ्चारकर्मीसँगको छलफल कार्यक्रममा एफडब्लुएलडीका अधिवक्ता सागर पाठकले प्रतिवेदनबारे प्रस्तुति गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘मतदान हुनु अघिको मतदान स्थल, मतदानको समय र मतगणनाको अवस्थालाई जे–सी विधिबाट पर्यवेक्षण गरी प्रतिवेदन तयार गरिएको हो । यसमा एफडब्लुएलडीको नेतृत्वमा विभिन्न १५ वटा गैरसरकारी संस्थाको सहकार्य रहेको छ ।’

सात प्रदेशका २४ जिल्लामा रहेको १६० बुथको प्रत्यक्ष अवलोकन गरेर प्रतिवेदन तयार पारिएको पाठकले जानकारी दिनुभयो । पर्यवेक्षणका लागि निर्वाचन आयोगबाट ढिलो स्वीकृत पाएकाले पर्याप्त तयारी गर्न समय अभाव रहेको उहाँले बताउनुभयो । यद्यपि सातै प्रदेशका मतदान केन्द्रहरुमा १६० जना पर्यवेक्षकलाई प्रशिक्षण दिएर पर्यवेक्षणमा पठाइएको कार्यक्रममा बताइयो ।

निर्वाचन आयोगले तयार पारेको निर्देशिकाअनुसार मतदान केन्द्र तयार नभएको एफडब्लुएलडीका कार्यकारी निर्देशक अधिवक्ता सविन श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, ‘न्यूनतम मापदण्ड पूरा भएका मतदानस्थल भेटिएनन् । मतदान केन्द्र नै पर्याप्त सूचनाबाट बन्चित रहेकाले आउँदा दिनमा मतदान केन्द्रका बारेमा विश्लेषण हुन जरुरी छ ।’

अधिकांश मतदान केन्द्रमा महिला र पुरुषको लाइन बेग्लाबेग्लै भए पनि अन्यलाई बेवास्ता गरिएको, प्राथमिक उपचारको व्यवस्था नभएको, पिउने पानी, स्तनपान कक्ष, आराम कक्ष नभएको, मतदान स्थल अपांगतामैत्री नभएको र मतदानपछि फर्किने बाटो वृद्धा र अशक्तका लागि ध्यान नपुर्‍याइएको कार्यकारी निर्देशक श्रेष्ठले बताउनुभषे । 

कार्यक्रममा वरिष्ठ अधिवक्ता मीरा ढुंगानाले पर्यवेक्षणका क्रममा प्राप्त अनुभव सेयर गर्दै उहाँले मतदान स्थल महिलामैत्री भएको तर मतदानपश्चात निस्कने बाटोका बारेमा ध्यान नपुर्‍याएको अनुभव सुनाउनुभयो । 

पर्यवेक्षणमा सहकार्य गरेको टेवा संस्थाले ६ जिल्लाको विभिन्न १२ वटा बुथमा पुगेर पर्यवेक्षण गरेको थियो । मतदान गर्ने बनाइएको लाइन अव्यवस्थित, निर्वाचन महिला प्रहरीमाथि फरक व्यवहार भएको र मतदान अधिकृतको रुखो व्यवहार पर्यवेक्षणको क्रममा प्राप्त भएको संस्थाकी ज्योति रानाले बताइन् ।

यसैगरी शान्तिका लागि अभियान संस्थाकी विन्द्रा महर्जनले नेपाली भन्दा विदेशी पर्यवेक्षकलाई मात्र महत्व दिएको बताइन् । यसैगरी महिला अपांग संघकी अध्यक्ष सुस्मिता श्रेष्ठले मतदान केन्द्र अपांगमैत्री नभएको उल्लेख गर्नुभयो । 

कार्यक्रममा पर्यवेक्षणको क्रममा खिचिएका तस्बिरहरु प्रदर्शनीमा राखिएको थियो । जसमा मतदान केन्द्र निर्माण, मतदान भइरहेको अवस्था र मतगणनाको अवस्था देखाइएको थियो ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…