Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

युवा युवतीलाई मतदाता शिक्षा

डेक्स

डेक्स

युवा युवतीलाई मतदाता शिक्षा
ADVERTISEMENT

नेपालगन्ज १५ फागुन । फागुन २१ गते हुने ‘प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२’लाई लक्षित गरि नेपालगन्जमा मतदाता शिक्षा कार्यक्रम संचालन गरिएको छ । १८ बर्ष पुगी पहिलो पटक मतदान गर्ने युवा युवतीहरुलाई मतदाता शिक्षा प्रदान गरिएको हो । 

महिला, कानून र विकास मञ्च काठमाण्डौको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले निर्वाचनमा मतदानका बारेमा जानकारी दिएको हो । 

अभिमुखीकरणका सहभागी युवाहरुले पहिलो पटक मतदान बारे राम्रो ज्ञान प्राप्त भएको  बताएका थिए । उनीहरुले फागुन २१ गतेको निर्वाचनमा पहिलो पटक मतदान गर्न लागेकाले यो मतदाता शिक्षाले धेरै कुरा सिकाएको बताएका छन, भने नमूना अभ्यासले राम्रो सिकाई भएको बताएका थिए । 

अभिमुखीकरणमा निर्वाचन आचारसंहिता, मतदाताको अधिकार, मतदाताको कर्तव्य, स्वतन्त्र मतदान, गोप्य मतदान, मतदानको दिन पालना गर्नुपर्ने नियम, मतदानका चरण, मत बदर हुने अवस्था र मतपत्रमा ध्यान दिनुपर्ने कुरा लगायतका बारेमा राकेशकुमार मिश्र र रविन्द्र ज्ञवालीले सहजीकरण गर्नुभएको थियो । 

कार्यक्रममा सहभागीहरुलाई मतदान बारे अभ्यासका लागि नमूना मतदान समेत गराइएको थियो । 
कार्यक्रममा संस्थाका अध्यक्ष अधिबक्ता विश्वजित तिवारी, नागरिक समाजका अगुवा श्याम विष्ट, युवा अभियन्ता एञ्जिला ज्ञवालीले मतदाता शिक्षाप्रति जागरुक भई राम्रोसंग मतदान गर्नुपर्नेमा जोड दिनुभयो । 

प्रभावकारी मतदाता शिक्षाले निर्वाचनमा मतदाताको सहभागिता बढाउनेदेखि बदर मतको अनुपात न्यूनीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिइएको संस्थाका कार्यकारी निर्देशक राकेशकुमार मिश्रले बताउनुभयो । अभिमुखीकरणमा करिब ५५ जना युवा यवुतीहरुको सहभागिता रहेको थियो । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

उच्च तापक्रममा टिनको छानामुनि बालबालिका पढ्न बाध्य

उच्च तापक्रममा टिनको छानामुनि बालबालिका पढ्न बाध्य

निशु जोशी नेपालगन्ज, १६ जेठ पश्चिम नेपालको बाँके लगायतका जिल्लामा अत्याधिक गर्मी बढे…

विपन्न विद्यार्थिलाई शैक्षिक सामाग्री वितरण

विपन्न विद्यार्थिलाई शैक्षिक सामाग्री वितरण

बर्दिया, जेठ १५ । बर्दियाको मधुवन, गुलरिया नगरपालिका तथा बढैयाताल गाउँपालिकामा अध्…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

बाँकेमा कार्यसम्पादनमा ७१ सामुदायिक विद्यालय सामान्य

बाँकेमा कार्यसम्पादनमा ७१ सामुदायिक विद्यालय सामान्य

नेपालगन्ज, १० जेठ । बाँके जिल्लामा रहेका ८२ विद्यालय मध्ये कुनै पनि विद्यालय कमजोर र…