Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

बाँके र बर्दियाका महिलाहरुलाई मतदाता शिक्षा

डेक्स

डेक्स

बाँके र बर्दियाका महिलाहरुलाई मतदाता शिक्षा
ADVERTISEMENT

नेपालगन्ज १२ फागुन । फागुन २१ गते हुन लागेको ‘प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२’लाई लक्षित बाँके र बर्दियामा मतदाता शिक्षा कार्यक्रम सुरु भएको छ । महिला, कानून र विकास मञ्च काठमाण्डौको सहयोगमा सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जले बाँके बर्दियामा निर्वाचनलाई लक्षित गरि मतदाता शिक्षा शुरु गरेको छ । 

बाँके र बर्दियामा विशेष गरी थारु, मधेशी, मुस्लिम, सिमान्तकृत, लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका महिलाहरु र १८ वर्ष पुगेका युवा यवतीलाई मतदाता शिक्षा दिन लागिएको हो । मंगलबार बाँकेको जानकी गाउँपालिका वार्ड नं २ मा मधेशी समुदायका महिलाहरुलाई मतदाता शिक्षा बारे अभिमुखीकरण गरिएको छ । 

अभिमुखीकरणमा निर्वाचन आचारसंहिता, मतदाताको अधिकार तथा भुमिका मतपत्रबारे जानकारी, मतदान गर्न जादा ध्यान दिनुपर्ने कुरालगायतका बारेमा अधिबक्ता विश्वजीत तिवारीले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा सहभागी महिलाहरुलाई मतदान बारे अभ्यासका लागि नमूना मतदान समेत गराइएको थियो । 

कार्यक्रममा वडा अध्यक्ष चन्द्रिका प्रसाद गुप्ताले मधेशी समुदायका महिलाहरु प्राय अशिक्षित भएकाले मतपत्रमा छाप लगाउने ज्ञान नभएकाले मत बदर बढी हुने गरेकोले यो मतदाता शिक्षाले सहयोग पुग्ने बताउनुभयो । उहाँले मत अधिकारको प्रयोग गरी निर्वाचनमा सहभागी हुन आग्रह गर्दै मतदानबारे जागरुक बन्नुपर्नेमा जोड दिनुभयो ।

नमुना मतपत्रको माध्यमबाट निर्वाचनको महत्व र मतदान प्रक्रियाबारे मतदातालाई जानकारी गराइएको छ । प्रभावकारी मतदाता शिक्षाले निर्वाचनमा मतदाताको सहभागिता बढाउनेदेखि बदर मतको अनुपात न्यूनीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिइएको संस्थाका कार्यकारी निर्देशक राकेश मिश्रले बताउनुभयो ।

उहाँका अनुसार अभिमुखीकरणमा करिब ७० जना महिलाहरुको सहभागिता रहेको थियो । 
 
ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

उच्च तापक्रममा टिनको छानामुनि बालबालिका पढ्न बाध्य

उच्च तापक्रममा टिनको छानामुनि बालबालिका पढ्न बाध्य

निशु जोशी नेपालगन्ज, १६ जेठ पश्चिम नेपालको बाँके लगायतका जिल्लामा अत्याधिक गर्मी बढे…

विपन्न विद्यार्थिलाई शैक्षिक सामाग्री वितरण

विपन्न विद्यार्थिलाई शैक्षिक सामाग्री वितरण

बर्दिया, जेठ १५ । बर्दियाको मधुवन, गुलरिया नगरपालिका तथा बढैयाताल गाउँपालिकामा अध्…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

बाँकेमा कार्यसम्पादनमा ७१ सामुदायिक विद्यालय सामान्य

बाँकेमा कार्यसम्पादनमा ७१ सामुदायिक विद्यालय सामान्य

नेपालगन्ज, १० जेठ । बाँके जिल्लामा रहेका ८२ विद्यालय मध्ये कुनै पनि विद्यालय कमजोर र…