Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

बाँकेमा तीन अस्थायी मतदान केन्द्र कायम

डेक्स

डेक्स

बाँकेमा तीन अस्थायी मतदान केन्द्र कायम
ADVERTISEMENT

नेपालगन्ज ।  बाँकेमा अस्थायी मतदाताका लागि तीन अस्थायी मतदान केन्द्र कायम गरिएको छ । 
जिल्लाको निर्वाचन क्षेत्र नं १ को नौवस्ता कारागार, निर्वाचन क्षेत्र नं २ को बाँके कारागार र कर्मचारीका लागि रामलिला मैदानमा अस्थायी मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन अधिकारी टेक बहादुर शाहीले जानकारी दिनुभयो । 
“अब अस्थायी मतदाताले तोकिएका अस्थायी मतदान केन्द्रबाट मात्रै निर्वाचनमा मत जाहेर गर्न पाउने छन् ।” उहाँले भन्नुभयो । 
जिल्ला निर्वाचन अधिकारी शाहीले अस्थायी मतदाताको प्रारम्भिक नामावली समेत प्रकाशन गरेको उल्लेख गर्दै मतदाता नामावलीका क्रममा भएको त्रुटी सच्चाउन तथा पुनः विवरण थपघट गर्न सो नामावली प्रकाशन भएको जानकारी दिनुभयो । 
नेपाल सरकार,प्रदेश सरकार, स्थानीय तह तथा नेपाल सरकार तथा प्रदेश सरकारको स्वामित्व र नियन्त्रणमा रहेका संस्थामा कार्यरत कर्मचारी, ब्यारेकमा रहेका नेपाली सेना, नेपाल प्रहरी वा शसस्त्र प्रहरी, कारागारमा रहेका थुनुवा वा कैदी, वृद्धाआश्रममा बसेका व्यक्ति लगायतलाई अस्थायी मतदाताका रुपमा मानिएको छ । 
अहिलेसम्म बाँकेमा कुल २ हजार ३३८ जना अस्थायी मतदाताका रुपमा दर्ता भएका छन् ।  
“जिल्लामा अझै २४ गतेसम्म यो सङ्ख्या थपघट हुन सक्छ” शाहीले भन्नुभयो । कतिपय अस्थायी मतदाताको मतदाता परिचयपत्र नभएका कारण पनि समस्या देखिएको उल्लेख गर्दै उहाँले अस्थायी मतदाताको अन्तिम नामाली पनि प्रकाशन हुने बताउनुभयो । अस्थायी मतदाताले समानुपातिकतर्फ मात्रै मतदान गर्न पाउछन् । 
बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङको अध्यक्षतामा बसेको जिल्ला जनशक्ति व्यवस्थापन समितिले निर्वाचनका लागि २ हजार ४१५ कर्मचारी सिफारिस गरेको जिल्ला निर्वाचन कार्यालय, बाँकेले जनाएको छ । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…