Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

डेक्स

डेक्स

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास
ADVERTISEMENT

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । भुकम्प तथा आगलागी घटना नियन्त्रणबारे सामुदायिक सचेतना अभिबृद्धिका लागि नेपालगन्ज उपमहानगरपालिका वडा नं. ३ मा कृत्रिम घटना अभ्यास गरिएको हो । 

युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ, युएन ओमन र एचआईको साझेदारी तथा सिडिएम नेपालको सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर)को प्राविधिक सहयोगमा संचालित कार्यक्रमले भूकम्पीय जोखिम न्यूनीकरणका लागि सचेतना प्रर्वद्धन गरिरहेको छ । 

विपद् जोखिमको पुर्व तयारी, समुदायस्तरमा खोज उद्धार र प्राथमिक उपचार लगायतका बारेमा सचेतना अभिबृद्धि अन्र्तगत कृति घटना अभ्यास गरिएको स्थनीय आपतकालिन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताउनुभयो । 

उहाँका अनुसार भूकम्पको घटना सिर्जना गरेर घटनाबाट बच्ने उपाय, खोज तथा उद्दार, प्राथमिक उपचार, उपचारका लागि अस्पतालसम्मको प्रबन्ध, विपद ब्यवस्थापन समितिको बैठक तथा निर्णयलगायत क्रियाकलाप गरेर विपद नियन्त्रण सम्बन्धि कृतिम घटना अभ्यास गरिएको हो । 

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले विपद्का घटना जुनसुकै समयमा आउने भएकाले उक्त घटनाको पुर्ब तयारीबारे जानकारी आवश्यक भएको बताउनुभयो । नेपालगन्ज उपमहानगरपालिकाले विपद् व्यवस्थापन बारे कार्य गर्दै आएको भन्दै मेयर विष्टले नेपालगन्जमा विपद्को जोखिम उच्च रहेकाले सावधानी अपनाउन आग्रह गर्नुभयो । 

बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ्गले समुदायमा विपद् सम्वन्धी पुर्वतयारी समुदायस्तरमा अझै थाहा नभएकाले यो कृतिम अभ्यास निकै महत्वपुर्ण भएको भन्दै समुदायका नागरिकलाई यस्ता अभ्यास गराउन आवश्यक रहेको बताउनुभयो । 

कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्मा, वडा नम्बर ३ का वडा अध्यक्ष मो. अयुब सिद्दिकी, नेपालगन्ज उपमहानगरपालिका विपद् समिति संयोजक समिरप्रताप शाह लगायतको उपस्थिती रहेको थियो ।  

कृत्रिम घटना अभ्यासमा खोज, उद्दार, राहत र पुनःस्थापनाका चरणहरुलाई सिलसिलाबद्ध रुपमा देखाइएको थियो ।
 
ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…