Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

डुडुवाको १९औँ गाउँसभा

डेक्स

डेक्स

डुडुवाको १९औँ गाउँसभा
ADVERTISEMENT

डुडुवा (बाँके), २५ पुस । बाँके डुडुवा गाउँपालिकाको १९औँ गाउँसभा बसेको छ । आज शुक्रबार बसेको गाउँसभाले अर्धवार्षिक प्रगति समिक्षा र बजेट तथा कार्यक्रम संशोधन गरेको छ । सभामा अध्यक्ष नरेन्द्रकुमार चौधरीले अर्धवार्षिक प्रगति र चालु आर्थिक वर्षको संशोधन बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । 

अध्यक्ष चौधरीले डुडुवामा निमार्णधिन स्टेचु अफ शिव, पिकनिक स्पट, होमस्टे संचालन, सांस्कृतिक प्रबद्र्धन र ज्येष्ठ नागरिकलाई न्यानो सामाग्री वितरण लगायतका कार्यक्रमको करिब रु तीन करोड बढीको बजेट थप गरि शंसोधन गरेको प्रस्तुत गर्नुभयो । 

कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष चौधरीले शिक्षा, स्वास्थ्य, कृषि, पशु, स्वरोजगार, विपत, बन तथा बातावरण, लघुउद्यम विकास कार्यक्रम, विकास निमार्ण, संस्थागत विकास क्षेत्रबाट उपलब्ध प्रगतिबारे जानकारी गराउनु भएको थियो ।

उहाँले पालिकाले बेतहनी स्वास्थ्य चौकीमा स्थापना गरेको आधारभुत अस्पताल र हरिमिनियामा निमार्णाधिन कोल्ड स्टोरको यही माघदेखि संचालन गर्ने भन्दै डुडुवाका नागरिकलाई सहज र शुलभ सेवा उपलब्ध गराउनेतर्फ विशेष ध्यान दिएको बताउनुभयो । 

उहाँले डुडुवाले देशकै नमुनाको रुपमा काम गर्दै आएको दाबी गर्दै विगतका वर्षदेखि डुडुवा लिजा र स्वास्थ्य क्षेत्रलगायत मुल्याकंनमा प्रथम स्थान हासिल गरेको बताउनुभयो । उहाँले यहाका केही विपक्ष समुहले विभिन्न वहानामा बदनाम मात्र गर्ने गरेकाले त्यस्ता भ्रामक प्रचारतर्फ नलाग्न सबैलाई आग्रह गर्नुभयो । 

गाउँसभा सचिव तथा प्रमुख प्रशासकिय अधिकृत अशोककुमार पाण्डेयले संचालन गर्नुभएको सभामा गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, वडाध्यक्षहरु पटेश्वरी कुर्मी, दुर्गाप्रसाद बर्मा, आमोद तिवारी, सगिर खाँ, वडासदस्य, कार्यपालिका सदस्य लगायतको सहभागिता रहेको थियो । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…