Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

बाँसगढीमा लैगिंक हिंसाविरुद्ध सचेतनामुलक कार्यक्रम

डेक्स

डेक्स

बाँसगढीमा लैगिंक हिंसाविरुद्ध सचेतनामुलक कार्यक्रम
ADVERTISEMENT

बासगढी (बर्दिया)। बाँके युनेस्को क्लबले बर्दियाको बाँसगढीमा “१६ दिने लैङ्गिक हिंसा विरुद्धको अन्तर्राष्ट्रिय अभियान” अन्तर्गत विद्यालय–आधारित विभिन्न जनचेतनामूलक कार्यक्रमहरु गरेको छ । 

क्लबले बर्दियाको बाँसगढी नगरपालिकाको शिक्षा शाखा तथा युनेस्को नेपाल काठमाडौं कार्यालयसँगको सहकार्यमा बाँसगढी नगरपालिकाका विभिन्न विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक, जनप्रतिनिधि, सुरक्षा निकाय, विकास साझेदार तथा स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेको थियो ।

बाँसगढी नगरपालिकाकी उपप्रमुख इन्दिरा चौधरीले कार्यक्रमको अध्यक्षता गर्नु भएको सो कार्यक्रममा नगर प्रमुख खड्कबहादुर खड्का प्रमुख अतिथि र नेपालका लागि युनेस्कोका प्रतिनिधि जाको डु टोइट बिशेष अतिथि रहनु भएको थियो । 

सो कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाईका सूर्यबहादुर खत्री, नगरपालिकाका प्रशासन अधिकृत नेत्रबहादुर वली, वडाध्यक्ष तथा सदस्यहरू, शिक्षा शाखा प्रमुख मन प्रसाद रेग्मी, शिक्षा अधिकृत छत्रबहादुर शाही, शिक्षा कार्यक्रम संयोजक प्रतिभा श्रेष्ठ, युथ कन्सल्टेन्ट जूही अधिकारी, युनेस्कोका सञ्चार अधिकृत अनिल राई, बाँके युनेस्को क्लबका अध्यक्ष परवेज अली सिद्दीकी, कार्यकारी निर्देशक रवि कुमार तुलाधर लगायत विद्यालयप्रमुख, शिक्षक, पत्रकार, अभिभावक तथा विद्यार्थीहरूको सक्रिय उपस्थिति रहेको थियो ।

यस अभियानको मुख्य उद्देश्य विद्यालय–सम्बन्धित लैङ्गिक हिंसाका जोखिम जस्तैः जिस्क्याउनु, हेला–गर्नु, यौन दुव्र्यवहार, धम्की तथा शोषण—कम गर्दै सुरक्षित र सम्मानजनक सिकाइ वातावरण निर्माण गर्नु हो ।

सो अवसरमा शिक्षा निर्देशनालयका मन प्रसाद रेग्मीले स्वागत मन्तव्य दिंदै बर्दिया जिल्लाको शैक्षिक अवस्थाबारे विस्तृत जानकारी प्रस्तुत गर्नुभयो । उहाँले सहकार्य र सामूहिक प्रयासमार्फत विद्यालयलाई लैङ्गिक हिंसामुक्त बनाउने दृष्टीकोणलाई थप मजबुत बनाउनु पर्नेमा जोड दिनुभयो । 

विशेष अतिथि जाको डु टुइटले सामाजिक सञ्जालको दुरुपयोगले बालबालिकामाथि हिंसा र दुव्र्यवहार बढ्दै गएको भन्दै विद्यालय भित्रै प्रभावकारी रिपोर्टिंग संयन्त्र बनाउनु अत्यावश्यक रहेको बताउनुभयो । उहाँले विशेषगरी छोरीहरूले सुरक्षित वातावरण नपाउँदा शिक्षा पहुँचमा अवरोध हुँदै आएको जनाउनुभयो । 

सो अवसरमा २३ विद्यालयका विद्यार्थीद्वारा प्रस्तुत कविताहरू ‘बालविवाह’, ‘लैङ्गिक विभेद’, ‘यौन हिंसा’ जस्ता संवेदनशील विषयमा आधारित थिए । कविताले दर्शकलाई भावुक बनाउनुका साथै समाज परिवर्तनको बलियो सन्देश दिएको थियो ।

कविता प्रतियोगितमा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय लक्षमणपुरका ललिता बीसी प्रथम, बाँसगढी युनाइटेड स्कूलका निशा अधिकारी द्धितिय र श्री त्रिभुवन माध्यमिक विद्यालय ककौराका उमंग ढकाल तृतिय हुनुभयो ।  

सोही प्रकारले २१ विद्यालयका विद्यार्थीहरूले विद्यालयभित्र हुने हिंसा, शोषण, बलाइङ, दण्डहीनता तथा रोकथामका उपायहरू चित्रमार्फत प्रस्तुत गरेका थिए । करिब २०० विद्यार्थी सहभागी भएका चित्रहरू विभिन्न स्टलमा प्रदर्शन गरिएको थियो ।

सो प्रतियोगितामा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बाँसगढीका रामिता परियार प्रथम, ज्ञान ज्योति शिक्षा सदन बोर्डिङ स्कूलका मदन बस्नेत द्धितिय र जीवन ज्योति माध्यमिक विद्यालय राँझाका कृतिका शाह तृतिय हुनुभयो । 

यसैगरि १४ सदस्यीय कलाकार समूहले विद्यालयमा हुने वास्तविक घटनामा आधारित शैक्षिक नाटक प्रस्तुत गरेको थियो । नाटकमार्फत हिंसा रोकथामका व्यवहारिक उपायहरू प्रभावकारी रूपमा प्रस्तुत गरियो ।

कार्यक्रमस्थलमा राखिएको हस्ताक्षर बोर्डमा विद्यार्थी, अभिभावक तथा अतिथिहरूले प्रतिबद्धता व्यक्त गर्दै हस्ताक्षर गरेका थिए । सहभागी विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरेर सम्मान गरिएको थियो ।  कार्यक्रमका बाँके युनेस्को क्लबका टेक्निकल एडभाइजर साजिद अली सिद्दीकीले धन्यवाद ज्ञापन गर्दै लैंगिकहिंसा अन्त्यका लागि निरन्तर सक्रिय बन्न सबै पक्षलाई आग्रह गर्नुभयो । 

समापनका क्रममा नगरपालिकाका उपप्रमुख इन्दिरा चौधरीले विद्यालयमा हुने लैङ्गिक हिंसाले विद्यार्थीहरूको भविष्य नै संकटमा पार्ने बताउँदै “अब सबैले मिलेर एकीकृत रूपमा काम नगरेमा हाम्रो भविष्य पुस्ता जोखिममा पर्छ” भन्दै कार्यक्रम औपचारिक रूपमा समापन गर्नुभयो । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

सबै

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

यो पनि

उच्च तापक्रममा टिनको छानामुनि बालबालिका पढ्न बाध्य

उच्च तापक्रममा टिनको छानामुनि बालबालिका पढ्न बाध्य

निशु जोशी नेपालगन्ज, १६ जेठ पश्चिम नेपालको बाँके लगायतका जिल्लामा अत्याधिक गर्मी बढे…

विपन्न विद्यार्थिलाई शैक्षिक सामाग्री वितरण

विपन्न विद्यार्थिलाई शैक्षिक सामाग्री वितरण

बर्दिया, जेठ १५ । बर्दियाको मधुवन, गुलरिया नगरपालिका तथा बढैयाताल गाउँपालिकामा अध्…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

बाँकेमा कार्यसम्पादनमा ७१ सामुदायिक विद्यालय सामान्य

बाँकेमा कार्यसम्पादनमा ७१ सामुदायिक विद्यालय सामान्य

नेपालगन्ज, १० जेठ । बाँके जिल्लामा रहेका ८२ विद्यालय मध्ये कुनै पनि विद्यालय कमजोर र…