Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

रेडियो कृष्णसार एफएमलाई जेसी पुरस्कार २०८२ प्रदान

डेक्स

डेक्स

रेडियो कृष्णसार एफएमलाई जेसी पुरस्कार २०८२ प्रदान
ADVERTISEMENT

नेपालगन्ज स्थित रेडियो कृष्णसार एफएम ९४ मेगाहर्जलाई ‘लैंगिक समानता र सामाजिक समावेशिता पुरस्कार २०८२’ (जेसी च्याम्पियन मिडिया) प्रदान गरिएको छ ।

समुदायका लागि सञ्चार अभियान नेपालद्धारा संचालित कृष्णसार एफएमलाई प्रदान गरिएको सम्मान पत्रमा भनिएको छ – ‘नेपालको मिडिया क्षेत्रमा लैंगिक समानता र समावेशिता प्रवर्धनका लागि गरेको उत्कृष्ट अभ्यास, नवीन पहल र निरन्तर प्रयासको उच्च मूल्यांकन गर्दै यो सम्मान प्रदान गर्दछौं ।’ 

‘यस रेडियोले लैंगिक समानता र सामाजिक समावेशिताका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको छ । विशेषगरी समाचार कक्षमा महिला सहभागिता, समावेशी भर्ना, लैंगिक तथा सामाजिक समावेशीकरण नीति, महिलाका मुद्दालाई प्राथमिकता, गुनासो व्यवस्थापन संयन्त्र, अपाङ्ग मैत्री पुर्वाधार र पत्रकार सुरक्षा क्षेत्रमा नमूना अभ्यास गर्दै आएको छ’– पत्रकार महासंघले प्रदान गरेको सम्मानपत्रमा उल्लेख छ । 

काठमाडौंमा आयोजित विशेष समारोहमा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तथा बरिष्ठ पत्रकार किशोर नेपालले एफएमका संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशक तुला अधिकारीलाई सम्मान पत्र प्रदान गर्नु भएको हो । 

कार्यक्रममा राष्ट्रिय सूचना आयोगका अध्यक्ष सुरेश आचार्य, महासंघका पूर्व अध्यक्ष तारानाथ दाहाल, अध्यक्ष निर्मला शर्मा, बरिष्ठ उपाध्यक्ष दिपक आचार्य लगायतको सहभागिता थियो । आयोजक पत्रकार महासंघका अनुसार सम्मान छनोट समिति मार्फत् विभिन्न सूचकका आधारमा उत्कृष्ट छनोट गरी अवार्ड प्रदान गरिएको हो ।
 
ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…