Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

डेक्स

डेक्स

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे
ADVERTISEMENT

नेपालगन्ज, २९ कात्तिकः बाँकेको बैजनाथ गाउँपालिकामा अवस्थित गाभर भ्याली सामुदायिक घरवास ९होमस्टे० यतिबेला आन्तरिक पर्यटकको चापले गुल्जार छ । दसैँतिहारजस्ता मुख्य चाडपर्व सकिएसँगै यहाँ पर्यटकको चहलपहल दैनिक रूपमा बढिरहेको छ ।

गाभर भ्याली सामुदायिक घरवासका अध्यक्ष कृष्णलाल चौधरीका अनुसार, वर्षायाममा सुनसान हुने गरेको होमस्टेमा अहिले पाहुनाको आगमन बढेको छ । पर्यटक विशेषगरी पदमार्ग र जङ्गल सफारीप्रति आकर्षित भएका छन् । बाँके, बर्दिया मात्र नभई कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका अन्य जिल्लाबाट समेत ठूलो सङ्ख्यामा पर्यटक यहाँ घुम्न आइरहेका छन् । छोटो समयमै पर्यटकीय क्षेत्रको पहिचान बनाउन सफल गाभर भ्याली बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्दछ । यहाँ आउने आन्तरिक पर्यटक पछिल्लो समय निकुञ्जभित्र जङ्गल सफारी गर्न रुचाउँछन् । बाघ, हात्ती र चितुवालगायतका वन्यजन्तु हेर्ने र प्रकृतिको आनन्द लिने अवसरका कारण यो क्षेत्रको महत्व बढेको अध्यक्ष चौधरीको भनाइ छ ।

थारु र मुगाली समुदायद्वारा सञ्चालित गाभर भ्याली घरबासमा अहिले दैनिक करिब ५०० आन्तरिक पर्यटक पुग्ने गरेका छन् । यहाँ केवल परम्परागत घरवास मात्र नभई ठूलो लगानीका आरामदायी होटलसमेत थपिएका छन्, जसले पाहुनालाई पूर्वाधारयुक्त सेवा प्रदान गरिरहेका छन् ।

अध्यक्ष चौधरीका अनुसार, पुराना घरवासलाई पूर्वाधारयुक्त बनाइएको छ भने ठूलो लगानीका होटल पनि थपिएका छन् । २०७० सालमा सुरु भएको गाभर भ्याली सामुदायिक घरवास अहिले नेपालकै नमूना घरवासका रूपमा चिनिन्छ । बाँकेमा सञ्चालित घरवास जीविकोपार्जन मात्रै नभई आयआर्जनको माध्यम बनेको छ । गाभर भ्याली घरवासमा सुरूका दिनमा रु २०÷३० हजारबाट व्यवसाय सुरू गरिएपनि अहिले रु २० लाख देखि रु ५० लाखसम्म लगानी गरेको अध्यक्ष चौधरीको भनाई छ । 

होमस्टेको स्थापनापछि गाउँलेको बोलीचाली, रहनसहनदेखि आर्थिक स्रोतसमेतमा उल्लेख्य सुधार आएको छ । बाँकेमा सञ्चालित यो होमस्टे अहिले जीविकोपार्जन मात्रै नभई दिगो आयआर्जनको बलियो माध्यम बनेको होटल व्यवसायी महासङ्घ बाँकेका अध्यक्ष भीम कँडेलले बताउनुभयो ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…