Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

डेक्स

डेक्स

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र
ADVERTISEMENT

बाँके, २३ कात्तिकः सडक डिभिजन कार्यालय नेपालगञ्जअन्तर्गतका चार निर्माण योजना ठेकेदार कम्पनीको लापर्वाहीले अलपत्र परेका छन् । रत्न राजमार्ग र पूर्व–पश्चिम राजमार्गमा निर्माण कार्यका लागि ठेक्का सम्झौता गरी काम नगरेका कारण योजना अलपत्र अवस्थामा रहेको सडक डिभिजन कार्यालयका प्रमुख सिनियर डिभिजन इञ्जिनियर नरेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार ठेकेदार कम्पनीले तोकिएको समयावधिमा काम नगर्दा पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत कोहलपुर–कर्णाली खण्डमा नियमित मर्मत कार्य, साइड ड्रेन निर्माण, सडक साइट सुरक्षा र ट्राफिक सुरक्षा कार्य हुन सकेको छैन ।

यस्तै रत्न राजमार्गअन्तर्गत देउराली–हर्रे खण्डमा नियमित मर्मत कार्य प्याचिङ र गमला मर्मत, रत्न राजमार्गको हातीसार–हर्रे खण्डमा विशिष्ट मर्मत कार्यको कडा फुटपाथ, संरक्षण कार्य तथा नाली निर्माण र रत्न राजमार्गको राँझा–कोहलपुर खण्डमा रमाइन स्लरी सिलसहित सडक सतहको मर्मत गर्ने ठेक्का अलपत्र अवस्थामा रहेको छ ।

यसैगरी, कोहलपुर–कर्णाली खण्डमा नियमित मर्मत कार्यअन्तर्गत साइड ड्रेन निर्माण, सडक साइड सुरक्षा र ट्राफिक सुरक्षा कार्यको ठेक्का सम्झौता गरेको बाँकेको एसएस निर्माण सेवा प्राली, रत्न राजमार्गको देउराली–हर्रे खण्डमा नियमित मर्मत कार्यअन्तर्गत प्याचिङ र गमला मर्मतको ठेक्का सम्झौता गरेको मुगुको गगन निर्माण सेवा, रत्न राजमार्गको हातीसार–हर्रे खण्डमा विशिष्ट मर्मत कार्यअन्तर्गत कडा फुटपाथ, संरक्षण कार्य र नाली निर्माणको ठेक्का सम्झौता गरेको जाजरकोटको थापा कन्स्ट्रक्सन सेवा तथा रत्न राजमार्गको राँझा–कोहलपुर खण्डमा रमाइन स्लरी सिलसहित सडक सतहको मर्मत गर्ने ठेक्का चितवन भरतपुरको सविक निर्माण सेवासँग सम्झौता भएको सडक डिभिजन कार्यालयका सूचना अधिकारी इञ्जिनियर रामसागर हरिजनले जानकारी दिनुभयो ।

समयमै निर्माण कार्य नगरी योजना अलपत्र पार्ने ठेकेदार कम्पनीसँग सडक डिभिजनले सम्झौता रद्द गर्ने प्रक्रिया सुरु गरेको छ । रत्न राजमार्ग र पूर्व–पश्चिम राजमार्गमा निर्माण कार्यका लागि ठेक्का सम्झौता गरी काम नगरेका कारण चार ठेकेदार कम्पनीको ठेक्का सम्झौता रद्द गर्न लागिएको सूचना अधिकारी इञ्जिनियर हरिजनले बताउनुभयो ।

सडक डिभिजन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै सडक निर्माण आयोजनामा तोकिएको समयसीमाभित्र काम नगरेका ठेकेदार कम्पनीलाई कारण देखाउन आग्रह गरेको हो । सडक डिभिजन कार्यालयका अनुसार यी आयोजनाका लागि ठेक्का सम्झौता भएर पनि काममा ढिलाइ भएकाले प्राविधिक तथा प्रशासनिक ढिलाइबारे स्पष्टीकरण मागिएको हो ।

सडक डिभिजन कार्यालयका प्रमुख सिनियर डिभिजन इञ्जिनियर भट्टले तोेकिएको समयसीमा नमान्ने कम्पनीविरुद्ध कडा कदम चाल्न आवश्यक रहेकाले पहिला स्पष्टीकरण सोधिएको जानकारी दिनुभयो । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…