Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

बाँकेका पाँच स्थानमा निषेधाज्ञा जारी

डेक्स

डेक्स

बाँकेका पाँच स्थानमा निषेधाज्ञा जारी
ADVERTISEMENT

नेपालगन्ज ।  जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाका पाँच वटा क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । 

प्रशासनले शनिबार साँझदेखि डुडवा गाउँपालिका वडा नम्बर–६ को सम्पूर्ण क्षेत्र, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर– १४ को सम्पूर्ण क्षेत्र, वडा नम्बर–१५ को सुइया पिप्रहवा क्षेत्र, वडा नम्बर–२३ को भज्जीपुरुवा, जंगलीसिंहपुरुवा र लोहरनपुरुवा तथा नरैनापुर गाउँपालिका वडा नम्बर–५ को सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा लागु गरिएको छ । 

शनिबार राती सात बजेदेखि अर्को आदेश वा सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले बताउनुभएको छ । 

शुक्रबार दुर्गा मूर्ति विसर्जनका क्रममा हिन्दु र मुस्लिम समुदायबीच झडप भएपछि शनिवार पनि दिउसो डुडुवा गाउँपालिका वडा नम्बर ६ हिरमिनियाका केही घुम्ती पसलमा आगजनी गरिएको, एउटा मोटरसाइकल आगजनी गरिएको र वडा नम्बर ६ कै सुब्बापुरुवा भन्ने स्थानमा झडप समेत भएको अवस्थालाई मध्यनजर गर्दै उक्त क्षेत्रमा पाँच जना भन्दा बढी भेला हुन नपाउने गरी निषधाज्ञा जारी गरिएको प्रजिअ जोशीले बताउनुभयो । 

यसैगरि जिल्ला प्रहरी कार्यालय बाँकेमा भएको सर्वपक्षिय छलफलमा घटनाको दोषीलाई पहिचान गरि कानुनबमोजिम कारवाही गर्ने र कारवाही प्रक्रियालाई सबैले सहयोग गर्ने, आपसी झै–झगडा, रिस–रागलाई हटाई धार्मिक सदभाव कायम गरि कुनै किसिमको उच्छृखंल क्रियाकलाप नगर्ने यदि कसैले त्यस्तो गरेमा तत्काल कारवाही गरिने र जिल्लामा प्रहरी प्रशासनको स्वीकृती विना कुनै पनि कार्य ९नारा, जुलुस, सभा, सम्मेलन, र्याली आदी० गर्न नपाउने निर्णय भएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक अंगुर जिसीले बताउनुभयो । 

–––

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…