Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

नेपाल पत्रकार महासंघ बाँकेले बनायो वेबसाइट

डेक्स

डेक्स

नेपाल पत्रकार महासंघ बाँकेले बनायो वेबसाइट
ADVERTISEMENT

नेपाल पत्रकार महासंघ बाँकेले आफ्नो वेबसाइट सञ्चालनमा ल्याएको छ । वेबसाइटको बुधबार शुभारम्भ गरिएको छ । बडादशैं, दीपावली, नेपाल सम्बत् ११४६ र छठ पर्वको अवसरमा शाखाको नेपालगञ्ज(४ सञ्चारग्राम ९बसपार्क० स्थित कार्यालयमा आयोजित चाडपर्व विशेष शुभकामना आदानप्रदान कार्यक्रममा महासंघका लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईले वेबसाइटको शुभारम्भ गर्नुभयो ।  

बाँके शाखा अध्यक्ष नवीन गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शुभकामना आदानप्रदान गरिएको थियो । कार्यक्रममा बोलेका बक्ताहरुले नजिकिएका चाडपर्वहरुले सत्प्रेरणा र सकारात्मकता बृद्धिका लागि प्रेरित गर्ने विश्वास ब्यक्त गरे । समाजमा नकारात्मकता बढिरहेको भन्दै उनीहरुले चिन्ता ब्यक्त गरेका थिए । 

चौलागाईले बाँके शाखाले लुम्बिनी प्रदेशमै पहिलोपटक वेबसाइट शुभारम्भ गरेर अब्बलता देखाएको भन्दै वेबसाइटको निरन्तरता र अद्यावधिकमा ध्यान दिनुपर्ने बताउनुभयो । शाखा अध्यक्ष गिरीले वेबसाइट सञ्चालन गरेर डिजिटलाइजेशनलाई प्रबद्र्धन गरेको भन्दै शाखाको आन्तरिक जीवन र गतिविधिलाई डिजिटल र पारदर्शी बनाउन वेबसाइट सञ्चालन गरिएको बताउनुभयो । गिरीले साधारण सदस्यहरुको विवरण पनि वेबसाइटमा राखिने जानकारी दिनुभयो। 

कार्यक्रममा पूर्व अध्यक्षद्वय प्रेम केसी र निरज गौतम, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, प्रेस चौतारी बाँकेका अध्यक्ष कमल डाँगी, समाजवादी प्रेस संगठन बाँकेका अध्यक्ष लोकनाथ शर्मा, प्रेस संगठन बाँकेका सहसचिव सन्तोष विष्ट, क्रियाशील पत्रकार महिला बाँकेकी उपाध्यक्ष विमला चौधरीले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । सचिव कृष्ण ओलीले सञ्चालन गरेको कार्यक्रममा सह(सचिव भगतराम थारुले स्वागत मन्तब्य ब्यक्त गरेका थिए । 

वेबसाइट डिजाइन र विकास गरेको सफ्टवेयर कम्पनी डटवक्र्स टेक्नोलोजिजका प्रबन्ध निर्देशक अर्सद कमल सिद्दिकीले वेबसाइटमा भएका फिचरबारे जानकारी गराएका थिए । उनले उन्नत वेबसाइट बनाइएको जानकारी गराउँदै अहिले सुरुवात गरिए पनि डाटा अपडेट गर्न अझै बाँकी रहेको र काम गरिरहेको बताए । बाँके शाखाको वेबसाइट धधध।ालवदबलपभ।यचन।लउ हो ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…