Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

प्रशासनले दोषीलाई कारबाही र ताला खोल्न पहल नगरे आन्दोलन गर्ने डुडुवाको चेतावनी

डेक्स

डेक्स

प्रशासनले दोषीलाई कारबाही र ताला खोल्न पहल नगरे आन्दोलन गर्ने डुडुवाको चेतावनी
ADVERTISEMENT

(डुडुवा) बाँके ८ असोज । डुडुवा गाउँपालिकामा विरोधीको समुहले लगाएको तालाबन्दी नखुल्दा अत्यावश्यक लगायतका सम्पुर्ण सेवा ठप्प भएको छ । 

कार्यालयमा तालाबन्दी गरिएको करिब दुई हप्ता वितिसक्दा गाउँपालिकाको काम काज ठप्प भएको छ । गाउँपालिकाले आज पत्रकार सम्मेलन गरेर घटनामा संलग्नलाई आवश्यक कानूनी कारबाही र तालाबन्दी खुलाई कार्य सुचारु गराईदिन जिल्ला प्रशासन कार्यालय बाँकेलाई अनुरोध गर्दा पनि अहिलेसम्म पहल नभएको जनाएको छ ।

गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले तालाबन्दी खोलेर प्रहरीद्धारा मुचुल्का तयार गरि काम काज गर्ने वातावरण बनाइदिन प्रशासन कार्यालयलाई अनुरोध गरिएको बताउनुभयो । उहाँका अनुसार कार्यपालिका बैठकले वडा नम्बर ४ का वडाअध्यक्ष एवम् कार्यपालिका सदस्य सगीर खाँको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको छ । समितिमा डुडुवा–१ का वडाअध्यक्ष पटेश्वर कुर्मी, वडा नम्बर ६ का गाउँसभा सदस्य राधेश्याम मुराउ र सहयोगी शिवकुमार मौर्य सदस्य रहनुभएको छ । 

पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष चौधरीले तालाबन्दी नखुल्दा दसैंको मुखमा कर्मचारीलाई तलब खुवाउन नसकिएको र गाउँपालिकाले प्रदान गर्ने अन्य अत्यावश्यक सेवा ठप्प भएको बताउनुभयो । 

अध्यक्ष चौधरीले जिल्ला प्रशासन कार्यालयले बिहीबारसम्म घटनामा संलग्नहरुलाई आवश्यक कानूनी कारबाही र ताला खोलेर काम सुचारु गराउने वातावरण तयार नगरे शुक्रबारदेखी आफुहरु नेपालगन्ज केन्द्रित आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिनुभयो । 

पालिकालाई अनावश्यक रुपमा बदनाम गरेको र आन्दोलनको नाममा घुसपैठ गरी विपक्षी समुहले पालिकालाई बदनाम गर्ने गरि अतिरञ्जित कार्य गरेको उहाँको भनाई थियो । 

उहाँले भन्नुभयो,–‘कानून विपरित पालिकामा पसेर खानतलासी गर्ने अनि ताला पनि लगाउने उहाँहरुलाई कुन कानुनले दिएको छ, यदि दुई दिनभित्र ताला खोलिएन भने पालिकाले कडा रुपमा आन्दोलन गर्ने उहाँले भन्नुभयो । केही विरोधीले गरेको विरोध पालिकाका जनताले कहिल्यै पनि सहन नसक्ने भन्दै अध्यक्ष चौधरीले पालिकाका सम्पुर्ण जनता आन्दोलनमा आउने चेतवानी दिनुभयो । 

गत भदौं २५ गते राती करिब साढे ८ बजेतिर जेन–जी आन्दोलनको आडमा अपरिचित समुहले कार्यालयका कागजात निकालेर आगो लगाएको थियो । लगत्तै दोस्रो दिन अर्को समुह आएर एक घण्टा भन्दा बढी समयसम्म बाउण्ड्री र प्रशासनिक भवनमा आवत–जावत गरी नगर प्रहरीलाई धम्की दिएको थियो । 

त्यसको भोलीपल्ट बिहान साढे १० बजेतिर लुम्बिनी प्रदेशका पुर्वमन्त्रीद्धय भण्डारीलाल अहिर र विजयबहादुर यादवको नेतृत्वमा ३०/३२ जनाको संख्यामा गाउँपालिकाभित्र पसेर कोठाहरुमा लागेको ताला फोडेर भिडियो बनाउँदै तालाबन्दी गरेको गाउँपालिकाले जनाएको छ । उनीहरुबाट कोठाहरुमा के कति क्षति भयो भन्ने कुरा एकिन नभएको पालिकाद्धारा आज बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ । 

पत्रकार सम्मेलनमा जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरी, गाउँपालिका उपाध्यक्ष साहिदा बानो, वडा अध्यक्षहरु दुर्गा प्रसाद बर्मा, आमोद कुमार तिवारी, सगिर खाँ, प्रमुख प्रशासकीय अधिकृत अशोककुमार पाण्डेय, वडा सदस्य र कर्मचारीहरुको सहभागिता रहेको थियो ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…