Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

डुडुवाद्धारा श्रद्धाञ्जली सभा, शुलभराज र आयुषको परिवारलाई एक लाख एक हजार प्रदान गर्ने घोषणा

डेक्स

डेक्स

डुडुवाद्धारा श्रद्धाञ्जली सभा, शुलभराज र आयुषको परिवारलाई एक लाख एक हजार प्रदान गर्ने घोषणा
ADVERTISEMENT

डुडुवा (बाँके), ५ असोज । डुडुवा गाउँपालिकाले जेनजी आन्दोलनका क्रममा ‘शहिद’ भएका नेपालगन्जका युवा स्वर्गीय शुलभराज श्रेष्ठ र आयुष थापासहित सहादत प्राप्त गरेका व्यक्तीहरुको सम्झनामा बृहत श्रद्धाञ्जली सभा गरेको छ । 

गाउँपालिका कार्यालय परिसरमा आज आइतबार आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले ‘जेनजी’ समुहले भ्रष्टाचार नियन्त्रण, सुशासन कायम जस्ता विषयमा उठाएका मागहरु जायज रहेको भन्दै आन्दोलन सकिएपछि डुडुवामा एउटा समुहले कार्यालयका कागजातमा आगजनी गरेको र अर्को समुहले तालाबन्दीसहित कर्मचारीमाथी कुटपिट तथा दुव्र्यवहार गरेको बताउनुभयो । 

तालाबन्दीका कारण गाउँपालिकाको काम ठप्प हुँदा आफ्ना मालिकहरु (जनता) ले सेवा नपाएको उहाँले उल्लेख गर्नुभयो । अध्यक्ष चौधरीले डुडुवा गाउँपालिकाले जेनजी आन्दोलनमा शहादत प्राप्त गरेका बाँकेका युवा शुलभराज श्रेष्ठ र आयुष थापाको परिवारलाई एक लाख एक हजार रुपैयाँका दरले सहयोग उपलब्ध गराउने घोषणा गर्नुभयो । 

उहाँले पालिकाको बारेमा भ्रम छर्ने गरी सामाजिक सञ्जालमा फोटो र भिडियो भाइरल गरी बद्नाम गर्ने काम गरेकोमा सचेत रहन अध्यक्ष चौधरीले सबैलाई आग्रह गर्नुभयो । वि सं २०७४ र २०७९ सालको निर्वाचनमा पराजित भएका विजयबहादुर यादव र भण्डारीलाल यादवको नेतृत्वमा केही ब्यक्तिहरु उचालिएर लगाइरहेको आरोपमा कुनै सत्यता नभएको उहाँको भनाई छ । 

अध्यक्ष चौधरीले भन्नुभयो,–“नदीजन्य पदार्थको चोरी गर्न नपाएकाहरुले अहिले पालिकाको विरोधमा उत्रेका छन, गत वर्ष नदीजन्य पदार्थमा पालिकाले कडाई गरेपछि चोरी शिकारी नियन्त्रण भएको छ भने सरकारलाई राजश्व समेत बृद्धि भएको छ” । उहाँहरुले चोरी गर्न नपाएपछि पालिकालाई बदनाम गर्ने जस्ता कार्य गरेको उहाँले बताउनुभयो । 

मेरो पहिलो कार्यकालदेखि नै राजनितिक हिसाबले विरोध गर्दै आएका विजयबहादुर यादवको समुहले पटक पटक यस्ता क्रियाकलाप गर्दै आएको भन्दै अध्यक्ष चौधरीले भन्नुभयो,–“उहाँहरुमा नैतिकता र संस्कार नै छैन, पहिला आफु राम्रो बन्ने अनि मात्र अरुमाथी प्रश्न गर्न सुहाउछ” उहाँले भन्नुभयो । 

सभामा बोेल्दै जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले नक्कली जेनजीले डुडुवा गाउँपालिकामाथी निराधार आरोप लगाउँदै ताला लगाएर सेवाग्राहीको कामकाज ठप्प पारेको दुखद भएको बताउनुभयो । 

सभामा वडा अध्यक्षद्वय दुर्गाप्रसाद बर्मा र आमोदकुमार तिवारीले व्यक्तिगत रिसिबी साँध्ने उद्देश्यले चुनाव हारेका केही व्यक्तिको नेतृत्वमा एक समुहले गाउँपालिकामा तालाबन्दी गरेको उल्लेख गर्दै यो जनताविरोधी कार्य भएको बताउनुभयो । 

जेनजी प्रतिनिधी ऋतिक शाहीले आफुहरुले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्नका लागि आवाज उठाएर आन्दोलन गरेको स्मरण गराउँदै आन्दोलनको आडमा बाहिरका अराजक ब्यक्तिहरु आएर सरकारी सम्पत्तीमा आगजनी, तोडफोड र लुटपाट मच्चाएको कार्य गलत भएको बताउनुभयो । 

उहाँले जेनजी आन्दोलनमा बाँकेका श्रेष्ठ र थापासहित धेरैले देशमा केही परिवर्तन ल्याउनका लागि रगत बगाएको प्रष्ट्याउनुभयो । जेनजी आन्दोलनका नाममा घुसपैठ गरी आगजनी, तोडफोड र लुटपाटमा संलग्नलाई कारबाहीको दायरामा ल्याउनुपर्ने शाहीको माग छ । 
श्रद्धाञ्जली सभामा गाउँपालिका उपाध्यक्ष साहिदा बानो, वडाअध्यक्षहरु, कार्यपालिका सदस्य, वडा सदस्यसहित करिव दुई हजारको संख्यामा स्थानीयहरुको उपस्थिती रहेको थियो । सो क्रममा जेन–जी आन्दोलनमा सहादत प्राप्त गरेकाहरुको सम्झनामा एक मिनेट मौन धारण समेत गरिएको थियो ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…