Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

नेपाल रेडक्रसको ६३औं स्थापना दिवस

डेक्स

डेक्स

नेपाल रेडक्रसको ६३औं स्थापना दिवस
ADVERTISEMENT

नेपालगंज १९ भाद्र, “/ #मानवताको पक्षमा (#On The Side of Humanity)” भन्ने मुल नाराका साथ नेपाल रेडक्रस सोसाइटीको ६३औं स्थापना दिवस बाँकेमा मनाइएको छ । 
दिवसका अवसरमा नेपाल रेडक्रस सोसाइटी बाँके शाखा अन्तर्गत रहेका १७ वटा उपशाखाहरुले विभिन्न जनचेतना र सन्देश मुलक कार्यक्रमहरुको आयोजना गरी दिवस मनाएका छन् । 
दिवसका अवसरमा नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले संकटासन्ना समुदायलाई रेडक्रसले निर्वाधरुपमा राहत प्रतिकार्य र रक्तसंचार जस्ता महत्वपूर्ण सेवा निरन्तर उपलब्ध गराउँदै आएको बताउँदै हाल नेपाल रेडक्रस सोसाइटीमा देखिएको जटिलतालाई समाधान गर्न नेपाल सरकारले गठन गरेको तदर्थ समितिलाई काम गर्न कसैले बाधा अवरोध नगर्न अनुरोध गर्नु भयो । 
बाँके जिल्लाको राप्तीसोानरी गाउँपालिका क्षेत्रमा नेरेसो कुसुम, कचनापुर र सोनारी उपशाखा नरैनापुर गा.पा. क्षेत्रमा नेरेसो गंगापुर, डुडुवा गा.पा. क्षेत्रमा नेरेसो बेतहनी, बैजनाथ गा.पा.क्षेत्रमा नेरेसो बैजनाथ उपशाखा, जानकी गा.पा. नेरेसो जानकी उपशाखा, खजुरा गा.पा. क्षेत्रमा नेरेसो सितापुर र खजुरा उपशाखा, कोहलपुर न.पा.क्षेत्रमा नेरेसो कोहलपुर उपशाखा र नेपालगंज उपमहानगरपालिका क्षेत्रमा नेरेसो पिप्रहवा, बाँकेबगिया, सदरलाइन, घरवारीटोल, वेलासपुर, पुरैनी र मनिकापुर उपशाखा रहेका छन् । 
ती उपशाखाहरुले दिवसका अवसरमा रक्तदान, रगत समुह परीक्षण, बैच वितरण, विद्यालयमा रेडक्रस अभियान प्रचार प्रसार, कुर्सीदौड प्रतियोगिता, विद्यालयमा प्राथमिक उपचार किट र स्टेचर वितरण, बृक्षारोपण र विचार गोष्ठी जस्ता कार्यक्रमहरुको आयोजना गरी दिवस मनाइएको उपशाखाबाट जानकारी प्राप्त भएको छ । 
कार्यक्रममा जिल्ला र उपशाखा कार्यसमितिका पदाधिकारी, सदस्य, कर्मचारी, स्वयंसेवी रक्तदाता, रेडक्रस सदस्य, जनप्रतिनिधी र आम समुदाय लगायतको सहभागिता रहेको थियो ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…