Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

पर्यटन प्रवर्द्धनका लागि अन्तर प्रदेश समन्वयमा जोड

डेक्स

डेक्स

पर्यटन प्रवर्द्धनका लागि अन्तर प्रदेश समन्वयमा जोड
ADVERTISEMENT

नेपालगन्ज । लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपानेले पर्यटन प्रबर्द्धनका लागि अन्तर प्रदेश समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभएको छ । लुम्बिनी प्रदेश र गण्डकी प्रदेशबीच पर्यटन अन्तर सम्बन्ध खोज्ने उद्देश्यले नेपालगन्जमा विहीबार आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री न्यौपानेले पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार गर्न नसक्दा पनि सोचे जस्तो पर्यटकहरु भित्र्याउन नसकिएको बताउनुभयो।

उहाँले प्रदेशस्तरीय समन्वय अभावमा पर्यटकहरुको बसाइँ लम्ब्याउन नसकिने बताउनुभयो। मन्त्री न्यौपानेले भन्नुभयो, पर्यटकहरु भित्र्याउन र उनीहरुको बसाइँ लम्ब्याउन अन्तर प्रदेशबीच समन्वय र सहकार्य जरुरी छ । लुम्बिनी र गण्डकी प्रदेशबीच भएको यो अन्तरक्रियाले पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउँछ भन्ने बिश्वास छ ।

उनले पर्यटकहरुको सहज आवागमनका लागि मन्त्रालयले पहल गरे पनि प्रभावकारी हुन नसकेको बताउनुभयो। त्यसका निमित्त सुरक्षा निकायबाट सहयोग नपाएको उहाँको भनाई छ । उहाँले पर्यटन प्रवर्द्धनका लागि रैथाने खाना र स्थानीय कला संस्कृतिलाई जोड दिनुपर्ने बताउनुभयो । 

लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्लेले नेपालमा भारतीय पर्यटन प्रवर्द्धनका लागि आवागमनमा सहजता जरुरी रहेको बताउनुभयो । उहाँले लुम्बिनी प्रदेश पर्यटकीय दृष्टिकोणबाट अत्यन्तै सम्भावनायुक्त ठाउँ भएकाले भारतीय पर्यटकहरुको आवागमनलाई सहज बनाउन आवश्यक रहेको बताउनुभयो ।

भारतीय पर्यटकहरुले नेपाली सुरक्षाकर्मीबाट चेकजाँचका नाममा विभिन्न झन्झट खेप्दै आइरहेको गुनासो आफूले सुनेको उल्लेख गर्दै त्यसको सहजीकरणका लागि विभागीय मन्त्रीले पहल गर्नुपर्ने बताउनुभयो । बाँके राष्ट्रिय निकुन्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, गौतम बुद्धको जन्मस्थल लुम्बिनी लगायतका चर्चित स्थलहरु पनि लुम्बिनी प्रदेशमै रहेकाले पर्यटनको ठूलो सम्भावना रहेको बताउनुभयो । 

नाट्टा गण्डकी प्रदेशका अध्यक्ष किशोर दाहालको अध्यक्षतामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेशका प्रमुख युवराज गुरुङ, नाट्टा पाल्पा च्याप्टरका अध्यक्ष राजिव शाह, नाट्टा बाँके च्याप्टर अध्यक्ष श्रीराम सिग्देल, नेपालगन्ज उद्योग बाणिज्य संघका महासचिव भिमबहादुर रानाभाट लगायतले बोल्नुभएको थियो । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…