Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

राप्ती नदीमा जलसतह बढ्यो, तटीय क्षेत्रमा सतर्क रहन आग्रह

डेक्स

डेक्स

राप्ती नदीमा जलसतह बढ्यो, तटीय क्षेत्रमा सतर्क रहन आग्रह
ADVERTISEMENT

नेपालगञ्ज / बाँकेका केही स्थानीय तहले राप्ती नदीमा पानीको सतहले चेतावनी तह पार गरेपछि साइरन बजाएर तटीय क्षेत्रका गाउँबस्तीलाई सतर्क रहन आग्रह गरेका छन् । 

 राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिकाले जिल्लाका तटीय क्षेत्रका गाउँबस्तीलाई सतर्क साइरन बजाएको जिल्ला विपद् व्यवस्थापन समितिका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “अविरल वर्षाका कारण राप्ती नदीमा पानीको सतहले चेतावनी तह पार गरेपछि बाँकेका तटीय क्षेत्रका गाउँबस्तीलाई सतर्क रहन सूचना जारी गरिएको छ ।” जिल्लास्थित पश्चिम राप्ती नदी राप्ती सोनारी जलमापन केन्द्रको जलसतहले चेतावनी तह पार गरेकाले तटीय क्षेत्र र डुबान भइरहने क्षेत्रका बासिन्दालाई दिउँसोसम्म सतर्क रहन सूचना जारी गरिएको सूचना अधिकृत ज्ञवालीले बताउनुभयो । 

पश्चिम राप्ती नदी राप्ती सोनारी जलमापन केन्द्रका अनुसार अहिले त्यहाँ राप्ती नदीले चेतावनी तह चार मिटर ७० सेन्टिमिटर पार गरेर चार मिटर ८६ सेन्टिमिटर पुगेकाले जोखिम हुनसक्ने सबै ठाउँमा स्थानीयलाई ‘अलर्ट’ गरेर स्थानीय विपद् व्यवस्थापन समितिलाई समेत तयारी अवस्थामा रहन निर्देशन दिइएको उहाँको भनाइ छ ।

सूचना अधिकृत ज्ञवालीले पानीको सतह बढेपछि नदीको वरिपरिका सबै गाउँबस्तीमा सतर्क रहने सूचना पठाइएको बताउनुभयो । बाँकेको कुसुम क्षेत्रमा राप्ती नदीको बाढी मापन केन्द्रमा पनि जलसतह सतर्कताको विन्दु नजिक पुग्न लागेको जानकारी त्यहाँको जलमापन केन्द्रले गराएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

कुसुम जलमापन केन्द्रमा छ मिटर पार गरिसकेपछि चेतावनी दिने भएकाले अहिले त्यहाँ पानीको सतह पाँच मिटर ७४ सेन्टिमिटर पुगेकाले चेतावनी तह पार गरेपछि सबै क्षेत्रमा ‘अलर्ट’ जारी गरिने सूचना व्यवस्थापन अधिकृत ज्ञवालीले बताउनुभयो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले राप्ती नदीमा खतराको तह पार नगरे पनि आसपासका क्षेत्रमा सतर्क रहन आग्रह गरिएको उल्लेख गर्दै राप्ती नदी आसपासमा क्षति हुन नदिन सुरक्षा निकायका टोली पचिालन भएको बताउनुभयो । उहाँले भन्नुभयो,“नरैनापुरमा सामान्य डुबान भएको थियो त्यहाँ सामान सुरक्षित स्थानमा लैजाने काम भइरहेको छ ।”

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…