Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

नेपालगञ्ज राँझा बिमानस्थल लायन्स प्रवेशद्धारको उद्घाटन

डेक्स

डेक्स

नेपालगञ्ज राँझा बिमानस्थल लायन्स प्रवेशद्धारको उद्घाटन
ADVERTISEMENT

पश्चिम नेपालकै प्रवेशद्धार मानिएको नेपालगञ्ज राँझा बिमानस्थल लायन्स प्रवेशद्धारको उद्घाटन भएको छ । आइतवार नेपालगन्ज नगर प्रमुख प्रशान्त बिष्ट र लायन्स क्लव अन्तराष्ट्रियका पूर्व निर्देशक सन्जय खेतानले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।

नेपालगञ्ज उप–महानगरपालिका वडा नम्वर २० राँझा चोक स्थित निर्माण भएको प्रवेशद्धार बिक्रम संम्वत २०७१ साल असार ४ गते जिल्ला बिकास समितिको कार्यालय बाँकेका तत्कालीन स्थानीय बिकास अधिकारी ज्ञानेन्द्र प्रसाद ढकाल र लायन्स क्लव अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५, बि २ का तत्कालीन गभर्नर सेम राज शाक्यले शिलान्यास गर्नुभएको थियो । 

सहरी बिकास मन्त्रालयवाट रु १५ लाख ४० हजार ५ सय ५८ तत्कालिन शान्ति मन्त्रालयबाट रु १२ लाख ६१ हजार २ सय ८५ , लायन्स क्लव अफ नेपालगञ्ज र अन्य दाताहरुवाट जम्मा गरि रु ४३ लाख ५ हजार १ सय १७ को लागतमा प्रवेशद्धारको निर्माण भएको छ ।

संसार भर फैलिएको सामाजिक संस्था लायन्स क्लवका आवद्ध ब्यक्तिहरु ,हरेक बिपदको समय जस्तै कोभीड ,भूकम्प ,आगलागी ,बाढीपिडति लगाएतका महामरीमा पिडीतहरुलाई उद्धार र राहातमा लाग्ने भएकाले यस्तो सामाजिक संस्था संग नेपालगञ्ज उप–महानगरपालिका साथमा रहेर काम गरिरहने बताउनु भयो ।

बिष्टले निर्माण कार्य सम्पन्न भएको प्रवेशद्धारको संरक्षण र सम्वर्धन गर्ने दायीत्व स्थानिय सरकारको रहेकोले, नेपालगञ्जको पर्यापर्यटन बिकाशमा पनि प्रवेशद्धारले थप टेवा पुग्ने भएकोले उप–महानगरपालिकाले पूर्ण रुपमा स्वामित्व लिने बताउनु भयो ।

स्थानिय तह संग सहकार्य गर्न लायन्स क्लवले ठूला परियोजना ल्याउन सक्ने त्यसमा २५ प्रतिशत स्थानिय तहको र ७५ प्रतिशत क्लवले लगानी गर्ने गरि काम गर्न सकिने उक्त परियोजना नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुखले कार्ययोजना ल्याएमा लायन्स क्लव अन्तराष्ट्रिय काम गर्न तयार रहेकाको कार्यक्रमका बिशिष्ठ अतिथि खेतानले बताउनु भयो । 

लायन्स क्लव अफ नेपालगञ्ज सिद्धिविनायकका चार वटा ठूला परियोजनाहरु एम्वुलेन्स सेवा, लायन्स सिद्धिविनायक पार्क , लायन्स सिद्धिविनायक पञ्चेवाजा र लायन्स सिद्धिविनायक प्रवेश द्धार रहेको जसले गर्दा पश्चिम नेपालकै सशक्त क्लव रुपमा स्थापित रहेको र यसलाई अगाडी बढाउन आफ्नो कार्यकालमा प्रभावकारी भूमीका निवाह गर्ने लायन्स क्लव अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ एन नेपालका गभर्नर ज्ञानेन्द्र कुमार श्रेष्ठले प्रतिवद्धता ब्यक्त गर्नुभएको थियो ।

प्रवेशद्धार निर्माण उपभोक्ता समितिका अध्यक्ष प्रदिप गौचनको अध्यक्षता भएको कार्यक्रममा पूर्व डिष्ट्रिक्ट गभर्नर सेम राज शाक्य , आदर्श मा।बि। राँझाका प्राचार्य प्रकाश आचार्य ,समाजसेवी शान्ति ढकाल, उपभोक्ता समितिकी सदस्य उसा थापा भण्डारीले आफ्ना भनाई राख्नुभएको थियो ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…