Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

बाँकेका ८ वटै स्थानीय तहमध्ये डुडुवाको सबै भन्दा कम बेरुजु

डेक्स

डेक्स

बाँकेका ८ वटै स्थानीय तहमध्ये डुडुवाको सबै भन्दा कम बेरुजु
ADVERTISEMENT

राकेशकुमार मिश्र 

नेपालगन्ज १८ साउन । बाँकेको आठ वटै स्थानीय तहमध्ये डुडुवा गाउँपालिकाको सबै भन्दा कम बेरुजु रहेको छ । महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०८०/०८१को सार्वजनिक गरेको तथ्याङ्क अनुसार बाँके डुडुवा गाउँपालिकाको हालसम्मको अद्यावधिक बेरुजु रु २४ करोड ४ लाख ७६ हजार रहेको छ । 

सबैभन्दा बढी बेरुजु नेपालगन्ज उपमहानगरपालिकाको देखिएको छ । नेपालगन्जको शुरुदेखि हालसम्मको अद्यावधिक बेरुजु रु १ अर्ब ५ करोड ३ लाख ७३ हजार रहेको छ । भने दोस्रो स्थानमा कोहलपुर नगरपालिकाको रु ३८ करोड ७५ लाख ३२ हजार बेरुजु रहेको छ । 

यसैगरि राप्तीसोनारी गाउँपालिकाको रु ३६ करोड ५३ लाख ५५ हजार, खजुरा गाउँपालिकाको रु ३० करोड ७९ लाख ७९ हजार, बैजनाथ गाउँपालिकाको रु ३१ करोड २२ लाख २६ हजार बेरुजु रहेको छ । 

यसैगरि नरैनापुर गाउँपालिकाको रु २८ करोड ९२ लाख ७६ हजार र जानकी गाउँपालिकाको रु २७ करोड ८२ लाख ७१ हजार बेरुजु रहेको महालेखा परीक्षक कार्यालयको प्रतिबेदनमा उल्लेख छ ।  

आर्थिक वर्ष २०८१/०८२ को बाँकेका स्थानीय तहको बेरुजु 

आर्थिक वर्ष २०८०/०८१ मा नेपालगन्ज उपमहानगरपालिकाको बेरुजु बढी देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालगन्ज उपमहानगरपालिकाको रु ८ करोड ७२ लाख ९७ हजार बेरुजु देखिएको छ । बैजनाथ गाउँपालिकाको रु ६ करोड ११ लाख ९४ हजार, कोहलपुर नगरपालिकाको रु ४ करोड ३० लाख ४३ हजार, राप्तीसोनारी गाउँपालिकाको रु ३ करोड ९१ लाख ५२ हजार बेरुजु देखिएको छ ।

यसैगरी जानकी गाउँपालिकाको रु ३ करोड ३३ लाख ७२ हजार, डुडुवा गाउँपालिकाको रु ३ करोड ३० लाख २१ हजार, खजुरा गाउँपालिकाको रु ३ करोड २७ लाख २ हजार र नरैनापुर गाउँपालिकाको रु ३ करोड २६ लाख ५९ हजार बेरुजु रहेको महालेखापरिक्षकको कार्यालयको प्रतिबेदनमा उल्लेख रहेको छ । 

महालेखा परीक्षकले अघिल्लो आर्थिक वर्ष २०८९/०८० मा प्रतिवेदन जारी गर्दा बाँकेका आठ स्थानीय तहमा रु ६४ करोड ७२ लाख ८५ हजार रकम बेरुजुमा राखेको थियो । महालेखाले यसअघिका वर्षजस्तै स्थानीय तहले गरेको खर्चको कमजोरी औँल्याउँदै विभिन्न सुझाव पनि आफ्नो प्रतिवेदनमा समेटेको छ ।

बाँके जिल्लाका आठ वटा स्थानीय तहमा आर्थिक वर्ष २०७९/०८० मा कुल रु १६ अर्ब ८९ करोड ९७ लाख ३४ हजार बराबरको लेखा परीक्षण गरेकोमा रु ६४ करोड ७२ लाख ८५ हजार रकम बेरुजु देखिएको थियो ।

नेपालको संविधान २०७२ जारी भएपछि स्थानीय र प्रदेश सरकारको लेखापरिक्षण गर्न शुरु भएको हो । स्थानीय सरकारले कानुनअनुसार वर्षभरी गर्ने सम्पुर्ण खर्चको प्रमाणीकरणसंगै लेखापरिक्षण गरी बार्षिक प्रतिबेदन तयार गरिएको महालेखा परिक्षकको कार्यालयका निर्देशक तथा सूचना अधिकारी रमेश विष्टले बताउनुभयो । 

उहाँका अनुसार बेरुजु सैदान्तिक र लगती गरि दुई प्रकारको भएकाले कानूनअनुसारको प्रक्रिया, आवश्यक कागजात नपुगेर हुने बेरुजु र अर्को बढी रकम तथा पेश्की दिने तर काम नगर्ने प्रमाण प्रक्रिया केही नपुगेकोलाई असुल गराउने बेरुजु हुने गर्दछ । 

महालेखा परीक्षकको कार्यालयले सरकारको कमी कमजोरी तथा सुधार गर्नुपर्ने पक्षसहितको प्रतिबेदन तयार गरि स्थानीय सरकारलाई नै हस्तान्तरण गर्ने भएकोले सरोकारवाला निकायले नै त्यसको फच्र्याैट गराउनुपर्ने सूचना अधिकारी विष्टको भनाई छ । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…