Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

जुँगे महादेवको मन्दिरमा पूजा आजा सुरु

डेक्स

डेक्स

जुँगे महादेवको मन्दिरमा पूजा आजा सुरु
ADVERTISEMENT

नेपालगञ्ज ५ साउनः पश्चिम नेपालको प्रसिद्ध बागेश्वरी मन्दिर परिसरमा रहेको जुँगे महादेवको मन्दिरमा आजदेखि पूजाआजा शुभारम्भ भएको छ । 

नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक सहयोग तथा बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिको व्यवस्थापनमा नवनिर्मित अष्ट धातुको जुङ्गे (खडेश्वर) महादेव मूर्तिको प्राणप्रतिष्ठा भएपछि पूजाआजा गर्न सुरु भएको हो । 

प्रतिनिधिसभा सदस्य धवलशम्शेर राणा, उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, गुठी व्यवस्थापन समितिका अध्यक्ष गोपाल अधिकारीलगायतले महादेव मूर्तिको प्राणप्रतिष्ठा गर्दै संयुक्त रुपमा पूजाआजा गर्नुभयो । 

धार्मिक विधिअनुसार पूजाआजा अहिले पनि जारी रहेको उल्लेख गर्दै गुठी व्यवस्थापन समितिका अध्यक्ष गोपाल अधिकारीले विधिपूर्वक पूजाआजा सकिएपछि सर्वसाधरणका लागि खुला गरिने जानकारी दिनुभयो । उहाँले मूर्ति प्राणप्रतिष्ठा पं जयराम आर्चायको नेतृत्वमा ११ सदस्यीय पण्डितहरुले मन्त्रोच्चारण गरेर गरेको जानकारी दिँदै बागेश्वरी मन्दिरमा भक्तजनको घुइँचो लागेको बताउनुभयो । 

उपमहानगरपालिका–२ मा रहेको सो मन्दिर परिसरमा रु १५ लाखको लागतमा निर्माण गरिएको जुङ्गे महादेवको मूर्ति मर्मतसम्भारको काम दुई वर्षअघिदेखि गरिएको थियो ।

नगर प्रमुख विष्टले २००७ सालमा बनेको पुरानो संरचना र मूर्ति स्थापना भएको ७५ वर्ष भइसकेकाले नयाँ मूर्ति निर्माणको आवश्यकता महसुस गरिएको तथा महादेवको मूर्ति प्राणप्रतिष्ठा गरिएको उल्लेख गर्दै नजिकै १०८ फिट अग्लो हनुमानको मूर्ति पनि निर्माणाधीन अवस्थामा रहेको बताउनुभयो । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…