Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

व्यावसायिक पत्रकारिता गर्नुपर्नेमा मुख्यमन्त्री आचार्यको जोड

डेक्स

डेक्स

व्यावसायिक पत्रकारिता गर्नुपर्नेमा मुख्यमन्त्री आचार्यको जोड
ADVERTISEMENT

नेपालगन्ज, ३१ असारः लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामाजिक रुपान्तरणका लागि सकारात्मक सूचना सम्प्रेषण आवश्यक भएको बताउनुभएको छ । साथै उहाँले व्यावसायिक पत्रकारिता गर्नुपर्नेमा जोड दिनुभएको छ । 

कोहलपुरबाट नेपाल टेलिभिजनले प्रसारण आरम्भ गरेको २९औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले देशमा लोकतान्त्रिक शासन व्यवस्था प्रारम्भ भएपछि देशमा विकास–निर्माणका  केही काम भएनन् भन्ने नकारात्मक भाष्य चिर्न सञ्चार क्षेत्रले आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । 

उहाँले भन्नुभयो “हामीले चौथो अङ्गको रूपमा सञ्चार क्षेत्रलाई लिने गरेका छौँ तर सञ्चारका नाममा स्वच्छन्दवाद फैलाउने प्रवृत्ति बढेको छ । मिडियाले सत्यतथ्यमा आधारित, जनउत्तरदायी र परिवर्तनमुखी पत्रकारिता गर्न जरुरी छ,” प्रदेश सरकाले सञ्चार क्षेत्रसँग नजिक रहेर काम गरिरहेको उल्लेख गर्दै मुख्यमन्त्री आर्चायले भन्नुभयो । 

लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री आदेशकुमार अग्रवालले प्रदेशमा भएका विकास–निर्माणका गतिविधिलाई सञ्चारमाध्यमले जनसमक्ष पु¥याउनुपर्नेमा जोड दिँदै आफूहरू सञ्चार क्षेत्रसँग सहकार्य गर्न सदैव तत्पर रहेको बताउनुभयो ।

त्यस अवसरमा प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री रत्न खत्री, प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री भण्डारीलाल अहिर, प्रदेशसभा सदस्यहरू सञ्जु चौधरी, अम्बिका काफ्ले, मीनाकुमारी श्रेष्ठ, पूर्वमन्त्री दुर्गाप्रसाद चौधरी, कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण आचार्य, नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईंले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सार्वजनिक प्रसारण सेवा नेपालका कार्यकारी अध्यक्ष महेन्द्र बिष्टले व्यावसाियक पत्रकारितालाई केन्द्रमा राखेर आफू नेतृत्वको संस्थाले काम गरिरहेको बताउनुभयो । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…